१५ चैत्र २०८०, बिहीबार

यातायात व्यवस्था कार्यालयमा विचौलियाको विगविगी भएको सेवाग्राहीको गुनासो

यातायात व्यवस्था कार्यालयमा विचौलियाको विगविगी भएको सेवाग्राहीको गुनासो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १८ । नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा विचौलियाको विगविगि रहेको लगायतका थुप्रै गुनासो त्यहाँ काम विशेषले जाने सेवाग्राहीले गरेका छन् ।
बागेश्वरी असल शासन क्लब नेपालले बुधवार यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सेवाग्राहीको गुनासो संकलन गर्ने क्रममा सो गुनासो गरिएको हो ।
त्यहाँ रहेका ५० बढि सेवाग्राहीहरुले कार्यालयको काम प्रति व्यापक रुपमा गुनासो गरेका छन् । सेवाग्राहीहरुले समयमा स्मार्ड कार्ड नआएको, सेवा, सबिधा प्रबाह गर्दा चरम ढिलाई हुने गरेको, टोकन प्रणाली लागु नहुँला भनसुन, सोर्सफोर्स व्यापक रुपमा हुने गरेको, सवारी पार्किंग अस्तव्यस्त रहेको, शौचालय, पिउने पानीको व्यवस्था नभएको, नागरिक सहायता कक्ष नभएको, प्रतिक्षालयको व्यवस्था नभएको, सरसफाई नभएको, गुनासो सुनुवाई नुहुने गरेको गुनासो गरेको बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताउनुभयो ।
उहाँले अधिकांश सेवाग्राहीहरुले बिचौलियाहरुको बिगबिगि रहेको समेत गुनासो गरेको पनि बताउनुभयो । नागरिकहरुको गुनासो संकलन गरि गुनासोहरु सुनुवाईको पहल गर्नका लागि बास नेपालले जनगुनासो संकलन गरेको शाहको भनाई छ ।
संकलित गुनासो समाधान गर्न सम्वन्धित कार्यालय लगायत जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाईने बासले जनाएको छ ।
नागरिक गुनासो संकलन कार्यमा बासका स्वयंसेवकहरु गिता बि.क., आशिष गिरी, सुबोधमान उदाश, रमिता शाह, शतिष मिश्रा, मञ्जु थापा मगर लगायत सहभागि रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *