१३ बैशाख २०८१, बिहीबार

युनेस्को क्लबद्धारा विपन्न महिलाका लागि तीन महिने सिलाई कटाई तालिम सञ्चालन

युनेस्को क्लबद्धारा विपन्न महिलाका लागि तीन महिने सिलाई कटाई तालिम सञ्चालन

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, ९ साउन । बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा नेपालगञ्जका २० जना अति विपन्न महिलाकालागि तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरेको छ ।
अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा क्लबले सञ्चालन गरेको आर्थिक शसक्तिकरणका लागि साना तथा मझौला उद्यम विकास परियोजना अन्तर्गत सो तीन महिने सिलाई कटाई तालिम आयोजना गरेको हो ।
एक समारोहका विच नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात, नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकार र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले सो तालिमको संयुक्त रुपमा उदघाटन गर्नुभयो ।

उदघाटन गर्दै नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरातले सिलाई कटाई तालिम लिएर त्यसलाई व्यवसायीक रुपमा अंगालेमा सानो समयमै आर्थिक समस्या समाधान हुने बतानउुभयो ।
उहाँले यो तालिमले २० परिवारको आर्थिक अवस्था सुधारेर घर परिवार चलाउन सहज बनाउने पनि विश्वास व्यक्त गर्नुुभयो ।
यस्तै नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकारले आयआर्जन हुने यस्ता तालिमले धेरैको जिवनस्तरमा परिवर्तन ल्याएको बताउनुभयो ।
क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले सहभागिलाई राम्ररी तालिम लिन आग्रह गर्दै यसलाई जिवन परिवर्तनको माध्याम बनाउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, वित्तिय प्रमुख वेद पंगाली र कार्यक्रम अधिकृत गुलाम गौस लगायतको उपस्थिति रहेको थियो ।
तलिम समापनपछि हरेक सहभागिलाई सिलाई मेसिन एक सेट, आइरन प्रेस, नाप गर्ने काठको स्केल, कैंची र दस मिटर कपडा उपलब्ध गराइने कार्यक्रम अधिकृत गुलाम गौसले बताउनुभयो ।
बाँके युनेस्को क्लब मार्फत कतार च्यारेटीले जिल्लाका विभिन्न पालिकामा विपन्न र असहायका लागि विभिन्न प्रकारका कार्यक्रमहरु गर्दै आएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *