४ बैशाख २०८१, मंगलवार

युवा तथा खेलकुद मन्त्री अथकद्धारा बालापुरमा डिप ट्युववेल सिंचाई आयोजनाको उदघाटन

युवा तथा खेलकुद मन्त्री अथकद्धारा बालापुरमा डिप ट्युववेल सिंचाई आयोजनाको उदघाटन

सिराज खान
नेपालगञ्ज, भदौ १० गते । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बढी भन्दा बढी खेतबारीमा सिंचाईको सुविधा पुरयाउन सरकार कटिबद्ध रहेको बताउनु भएको छ ।
बाँकेको राप्तीसोनारी ८ बालापुरमा निर्माण गरिएको डिप ट्युववेल सिंचाई आयोजनाको शुक्रवार उदघाटन गर्दै मन्त्री अथकले सिंचाईको अभावमा किसानलाई निकै समस्या हुने हुँदा ठुलो आयोजना नपुगेका ठाउँमा डिप ट्युववेलबाट सिचाई गरिने बताउनुभयो ।
समयमा वर्षा नभएर बाँकेको राप्तीसोनारीमा सुख्खा पर्न लागेको बेला यो आयोजना शुरु गरिएपछि सयौं किसानले समयमै सबै खेती गर्न पाउने उहाँले बताउनुभयो ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका सांसद पार्वती पुन उषाले समयमा वर्षा नहुँदा सधैं आकाशे पानीको भरमा खेती गर्न बाध्य स्थानीय किसानलाई अब निकै राहात हुने बताउनुभयो ।

वडा नम्बर ८ का वडा अध्यक्ष शालिकराम डाँगीले निकै लामो समयको प्रयासपछि यहाँका किसानले सिंचाईको सुविधा पाएको बताउनुभयो ।
सो आयोजना मन्त्री अथकको पहलमा समृद्ध तराई मधेश विशेष सिंचाई कार्यक्रम अन्तर्गत मिलनसार डिप ट्युववेल उपभोक्ता समिति बालापुरद्धारा एक करोड रुपियाँको लागतमा निर्माण गरिएको हो ।
उक्त सिंचाई आयोजनाबाट बालापुरका १५० भन्दा बढी किसानको ८० विघा क्षेत्रफल जग्गामा सिंचाई सुविधा पुग्ने मिलनसार डिप ट्युववेल उपभोक्ता समितिका अध्यक्ष यामराज खड्काले बताउनुभयो ।
उहाँले डिप ट्युववेल मार्फत सिचाई सुविधा पाएपछि स्थानीय किसान निकै खुशी भएको र अब १२ महिनानै खेती गर्न सकिने हुँदा व्यवसायीक खेती गर्ने उहाँहरुको योजना रहेको बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *