१६ चैत्र २०८०, शुक्रबार

युवा महिलाको रोजगारी र अवसरका लागि सरोकारवालाविच कार्यशाला

युवा महिलाको रोजगारी र अवसरका लागि सरोकारवालाविच कार्यशाला

समाचारदाता
नेपालगञ्ज, चैत १ । बाँके युनेस्को क्लबले युवा महिलालाई अवसर र रोजगारी सृजना गराउनकालागि बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्थानीय सरकारका सरोकारवाला र युवा महिलाविच कार्यशाला सम्पन्न गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो कार्यशालाको आयोजना गरिएको हो ।
लैङ्गिक रुपान्तरणका लागि महिलालाई स्थानीयस्तरबाट अवसरहरु सृजना गर्न तथा सुरक्षित वातावरण निर्माणका लागि सो कार्यशालाको आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
सो कार्यशालामा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले पालिका भित्रका बढीभन्दा बढी युवा महिलालाई रोजगारी लगायतका विभिन्न अवसर दिने बारेमा स्थानीय सरकार गम्भीर रहेको बताउनुभयो ।

उहाँले महिलालाई आर्थिक रुपमा सक्षम बनाउन नगरपालिकाले हरेक प्रकारका योजना र कार्यक्रम ल्याउने जनाउँदै लैंगिकताले त्यसमा कुनै बाधा व्यवधान नहुने बताउनुभयो ।
कार्यशालामा नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत अनन्तराज सुवेदी, महिला शाखा प्रमुख गगनसरा आचार्य, शिक्षा शाखा प्रमुख सिता भण्डारी, रोजगार संयोजक रविन्द्र अर्याल, वडा नम्बर १ देखि ९ सम्मका वडा अध्यक्षहरु, महिला सदस्यहरु र स्थानीय युवा महिला गरेर ३५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागि सबै सरोकारवालाले युवा महिलालाई अवसर र रोजगारीबाट बन्चित नगरिने प्रतिवद्धता पनि सो अवसरमा गरेको बाँके युनेस्को क्लबका परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
सो कार्यशालाको सहजीकरण अधिवक्ता राजकुमार थारुले गर्नु भएको थियो भने निमित्त प्रशासकीय अधिकृत अनन्तराज सुवेदी र वडा नम्बर ७ का वडा अध्यक्ष कमल विष्टले नितिगत व्यवस्था, महिलाको अर्थपुर्ण सहभागिता र क्षमता विकासका बारेमा प्रष्ट पार्नु भएको थियो । सो गोष्ठिमा पर्ल परियोजनाको हालसम्मको क्रियाक्लाप र उपलब्धीको समिक्षा प्रस्तुती परियोजना संयोजक लामिछानेले गर्नुभएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *