१३ बैशाख २०८१, बिहीबार

युवा महिलालाई रोजगारीमा लगाउन लैंगिक समानता सम्बन्धि अभिमूखिकरण

युवा महिलालाई रोजगारीमा लगाउन लैंगिक समानता सम्बन्धि अभिमूखिकरण

समाचारदाता
नेपालगञ्ज, माघ २९ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा ‘रोजगारी अवसरका लागि अभिभावकहरुलाई लैंगिक समानता’ विषयक कार्यशाला सम्पन्न गरेको छ । क्लबले सोही प्रकारको कार्यशाला एक दिन अघि पनि उक्त नगरपालिकामा आयोजना गरेको थियो ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो कार्यशालाको आयोजना गरिएको परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
सो कार्यशाला पनि युवा महिलाहरुलाई सिप सिक्न र रोजगारीमा लाग्न घर परिवारबाट सहयोग प्राप्त होस भन्ने उदेश्यका साथ सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
कार्यशालाका प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरिले लैंगिक समानता र रोजगारीका अवसरहरूका बारेमा आमाबाबु, अभिभावक र घरका प्रमुखहरूलाई जानकारी गराउनका लागि आयोजना गरिएको कार्यशाला निकै महत्वपुर्ण रहेको बताउनुभयो ।

उहाँले नगरपालिकाले यस्ता परियोजनालाई पुर्ण सहयोग र समर्थन गर्ने तथा सोही प्रकारका आयआर्जन र आर्थिक अवस्थामा सुधार ल्याउने थप योजना र कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
नगरपालिका भित्रका २५ जना अभिभावकको सहभागिता रहेको सो कार्यशालामा सहजीकरणको भूमिका अन्नत तालिम केन्द्र गुलरियाका कृष्ण प्रसाद पाण्डेले गर्नु भएको थियो भने परियोजनाका संयोजक गोविन्द लामिछानेले परियोजनाका बारेमा बिस्तृत जानकारी गराउँदै सहभागिहरुका विभिन्न जिज्ञासा पनि मेटाउनु भएको थियो ।
रोजगारीमा लाग्न घर र समुदायमा सकारात्मक वातावरण सिर्जना गर्ने लक्ष्यका साथ घरपरिवारका प्रमुख वा अभिभावकहरूका लागि आयोजना गरिएको सो अभिमूखिकरणबाट युवा महिलाहरूले घर र समुदायमा कुनै आपत्ति बिना आफ्नो प्राविधिक सीप सिक्न सकुन र तालिम जारी राख्न सकुन भन्ने कार्यशालाको मुख्य उदेश्य रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *