१२ बैशाख २०८१, बुधबार

राजस्व छलेर ल्याईएको तीन लाखका कपडा, चिनी र हाडवेयरका सामान प्रहरीद्धारा बरामद

राजस्व छलेर ल्याईएको तीन लाखका कपडा, चिनी र हाडवेयरका सामान प्रहरीद्धारा बरामद

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २९ मंसिर । भारतबाट राजस्व छलेर लयाएको तीन लाख रुपियाँको लत्ता कपडा, चिनी र हाडवेयरका सामान प्रहरीले बरामद गरेको छ । प्रहरीले सक्रियता देखाउँदै दिनदिनै सामान पक्राउ गर्दै आएपनि तस्करहरुले आफ्नो काम छाडेका छैनन् ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको तीन लाख रुपियाँको लत्ता कपडा, चिनी र हाडवेयरका सामान प्रहरीले नेपालगञ्ज वडा नम्बर १६ बाट बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सो बारेमा थप अनुसन्धान भैरहेको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताउनुभयो ।
उहाँले राजस्व छलेर सामान भित्रयाउन सक्रिय तस्करलाई प्रहरीले कुनै पनि हालतमा सफल हुन नदिने जनाउँदै सीमानामा निगरानी र गस्ती दुबै बढाईएको बताउनुभयो ।
यहाँस्थित नेपाल भारत सीमानामा रहेको जमुनाह प्रहरी कार्यालय, सीमा प्रहरी कार्यालय र शसस्त्र प्रहरीका विभिन्न चेकपोष्टले तस्करी र अवैध आयात रोक्न कडाईका साथ काम गरिरहेको एसपी अधिकारीले बताउनुभयो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *