८ बैशाख २०८१, शनिबार

राप्ती नदीमा एक हजार माछाका भुरा हालियो

राप्ती नदीमा एक हजार माछाका भुरा हालियो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ६ मंसिर । बिश्व मत्स्य दिवसको अवसर पारेर बाँकेमा राप्ती नदीको अगैयामा एक हजार माछाका भुरा हालिएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँके नेपालञ्जले एक कार्यक्रमको आयोजना गरी राप्ती नदीमा १ हजार माछाका भुरा छाडेको हो ।
जलचर संरक्षण हाम्रो प्रतिबद्धता खाद्य पोषण तथा दिगो विकासको सुनिश्चितता भन्ने नारा सहित मनाइएको विश्व मत्स्य दिवसमा रौ र नैनी जातका माछाका भुरा अगैयास्थित राँप्ती नदीमा छाडिएको विज्ञ केन्द्र नेपालञ्जका प्रमुख तथा वरिष्ठ मत्स्य बिकास अधिकृत कमला अधिकारीले जानकारी दिनुभयो ।
राप्ती नदीमा माछा छाड्ने कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका उप प्रमुख धनी कुमारी खत्रीले विशेष उपस्थिति रहेको विज्ञ केन्द्रले जनाएको छ ।
कार्यक्रममा विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत बसिर अहमद, प्राबिधिक अधिकृत सुदन भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *