१६ चैत्र २०८०, शुक्रबार

रुपैडिया—कोहलपुर रेल लिकको निर्माण प्रक्रिया अलपत्र, भारतले सर्वे प्रतिवेदन बुझाएन

रुपैडिया—कोहलपुर रेल लिकको निर्माण प्रक्रिया अलपत्र, भारतले सर्वे प्रतिवेदन बुझाएन

ठाकुरसिंह थारु
नेपालगन्ज, माघ १० । भारतीय पक्षले नेपालगन्जको सीमासंग जोडिएको रुपैडिया बजारस्थित नेपालगन्ज रोड हुँदै कोहलपुरसम्म रेल सन्चालनका लागि गरेको सर्बे प्रतिबेदन नेपाल सरकारलाई नबुझँदा निमार्णको काम रोकिएको छ । रेल सन्चालन सर्बेको काम भारतीय नार्थ स्टेट रेलवे विभागले तीन वर्षअघि गरेको थियो । उसले नेपालगन्ज रोडदेखि कोहलपुरसम्मरेल सन्चालनका लागि लिकको रेखांकन समेत गरिसकेको छ । तर प्रतिबेदन भने नेपाल सरकारलाई बुझाइएको छैन । नेपाल रेल विभागका प्रवक्ता अमन चित्रकारले नेपाल—भारत सरकारको सहमतिमा नेपालगन्ज—कोहलपुर रेल सन्चालनका लागि सन २०१७ मा सर्बे गरिएको बताए । ‘रेलको लिकको सर्बेका लागि भारतीय पक्ष, हामी र जिल्ला प्रशासन कार्यालय बाँके, मालपोत, नापी, वनका अधिकारीहरुसंग छलफल गरेका थियौँ । रेलको लिक रेखाकंन गरिएको सुनिएको छ,’ उनले भने,‘तर सर्बेको प्रतिबेदन नेपाल सरकारलाई बुझाइएको छैन । जसका कारण निमार्णको काम ढिला सुस्त देखिएको हो ।’ उनले भारतीय अधिकारीहरुसंग रेल सन्चालनका लागि पटकपटक आग्रह गर्दै आएको जनाए । ‘हामी बेलाबेलामा रेल सन्चालनको कुरा उठाई रहेका हुन्छौँ,’ उनले भने ।
नेपाल—भारत सरकारबीच सन २०१० मा पाँच स्थानमा रेलको पहुँच बढाउँने एमओयुमा सहमति भएको थियो । सहमति अनुसार जोगवानी विराटनगर र जयनगर जनकपुर बर्दिवासमा रेल सन्चालनका लागि काम भइरहेको छ । दोस्रो चरणमा भैरहवा र नेपालगन्जरोडदेखि कोहलपुरसम्म रेल सन्चालनकाृ काम सुरु गर्ने भनिएको थियो । पुर्बी नाका काँकडभित्तामा पनि रेल सन्चालनका लागि एमओयु भइसकेको छ । ‘पहिलो चरणमा रेल सन्चालन गर्ने भनिएको स्थानमा काम भइरहेको छ । नेपालगन्ज—कोहलपुर रेल सन्चालनको सर्बे कागज आएन,’ रेल विभागका प्रवक्ता चित्रकार भन्छन्,‘एमओयु गर्दा यति बर्षभित्रै रेल सन्चालन गरिसक्ने पर्ने छ भन्ने उल्लेख छैन ।’
भारतीय पक्षले नेपालगन्ज कोहलपुर रेल सन्चालनका लागि लिकको रेखाकंनको काम सकेर लागत रकम, आवश्यक पर्ने भौतिक संरचना, रेल सेवाले छुने गाउँ तथा बस्तीहरुको पहिचान लगायतका कामहरु सुरु गर्ने प्रतिबद्धता जनाएको थियो । भारतको रुपैडिहास्थित रेलवे स्टेशन र कोहलपुरसम्मको साढे १८ किलो मिटर दुरीसम्म प्राविधिक टोलीले लिक रेखाकंन गरेको हो ।
सुरुमा रेलको लिक नेपालगन्जको पुर्बी क्षेत्र पिप्रहवा, पुरैना, पुरैनी, राँझा हुँदै रेल सेवा सन्चालन गर्ने भनिएको थियो । तर भारतले नेपालगन्जको जयसपुरमा एकिकृत सुरक्षा जाँच ९आईसीपी० निमार्णका काम सुरु गरेपछि पश्चिम क्षेत्रबाट रेल सन्चालन गर्न सुझाव दिइएको छ । नेपाल सरकारको सचिव स्तरीय निर्णयले रेल सेवा बिस्तारका लागि ‘फाइनल लोकेशन सर्बे टोली’ गठन गरेपछि काम अगाडि बढेको थियो । ०७४ साउन ५ गतेको सचिवस्तरीय निर्णयले उक्त टोली गठन गरेको हो । भारतीय पक्षले कोहलपुरसम्म रेलवे सेवा बिस्तार गर्नुुको कारण नेपालले सन्चालन गर्ने मेची—महाकाली रेलवे सेवासंग जोड्नु रहेको जनाएको छ । तर उक्त परियोजनाको नाम भने नेपालबाट नेपालमै रेलवे सेवा सन्चालन राखिएको छ । नेपालगन्जसंग जोडिएको रुपैडिहादेखि गोण्डासम्मका लागि छोटी लाईन ९सानो० रेल सञ्चालन हुँदै आएको थियो । गोण्डा र गोरखपुर यस्तो रेलवे स्टेशन हो जसले सिंगो भारतलाई जोडेको छ । नेपालगन्जसम्म रेलवे सेवा बिस्तार भए सिंगो भारत नेपालसंग जोडिने छ । ( ईकान्तिपुरबाट साभार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
7
+1
3
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *