८ बैशाख २०८१, शनिबार

वडा प्रहरीद्धारा भारतबाट भित्रयाईएका ८ कुइन्टल कुखुरा र तीन मोटरसाइकल बरामद

वडा प्रहरीद्धारा भारतबाट भित्रयाईएका ८ कुइन्टल कुखुरा र तीन मोटरसाइकल बरामद

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २४ । प्रहरीले भारतबाट ल्याउन प्रतिवन्ध लगाईएका ठुलो परिमाणमा कुखुरा र ओसारपसारमा प्रयोग गरिएका तीन वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले नवाजी गाउँबाट ८ कुइन्टल अवैध तथा हानिकारक कुखुरा बरामद गरेको हो ।
गत केही समयदेखि नेपाली कुखुरा पालक किसान र कुखुरा उत्पादक व्यवसायीले प्रहरी प्रशासनमाथि भारतबाट भैरहेको कुखुराको अवैध आयात रोक्न दवाव दिंदै आएका छन् । किसान र व्यवसायीको मागलाई ध्यानमा राखेर प्रहरीले पनि कडाई शुरु गरेको देखिएको छ । सोही क्रममा केही समययता आएर दैनिकजसो अवैध कुखुराहरु बरामद गर्ने कार्यले तिव्रता पाएको छ ।
सोही क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले जानकि गाउँपालीका वडा नं. २ नवाजी गाउँबाट तीनवटा मोटरसाइकलमा भित्र्याइएका ८ कुइन्टल अवैध कुखुरा बरामद गरेको वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक डिल्ली खड्काले बताउनुभयो । उहाँले भे २ प २२०९, ज ४ प १८२७ र भे ३ प ९७२५ नम्वरको मोटरसाइकल लाई कुखुरा आयातमा प्रयोग गरिएकोले कुखुरासहित मोटरसाइकलहरु पनि नियन्त्रणमा लिईएको बताउनुभयो ।

वडा प्रहरी कार्यालयको प्रहरी टोलीले भारतबाट हुने वा भैरहेको कुनै पनि प्रकारको तस्करी र अवैध आयात रोक्ने कार्य निरन्तर गर्दै आएको वडा प्रहरी प्रमुख खड्काले बताउनुभयो ।
नाकाहरुमा तैनाथ प्रहरीले नै सेटिंग गरेर कुखुरा भित्रिरहेको आरोप बाँकेका किसान र व्यवसायीले पटक पटक लगाउँदै आएका छन् । प्रहरीले सो आरोपको खण्डन गर्दै आएको छ । बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले किसान र व्यवसायीको गुनासोलाई ध्यानमा राखेर नाकाहरुमा आफुले छुट्टै पनि निगरानी गरिरहेकोले कुखुराको अवैध आयात रोकिने बताउनुभयो ।
भारतबाट अवैध कुखुरा भित्रयाउने पनि केही मासु व्यवसायीनै रहेको जनाउँदै कुखुरा उत्पादक संघ बाँकेले उनिहरुलाई समेत कारवाही गर्नुपर्ने माग गरेको छ । भारतमा सस्तो दाना र नक्कली औषधीका भरमा गुणस्तरहीन कुखुरा उत्पादन गरिने हुँदा सस्तो पर्ने गरेकोले नेपालका केही मासु व्यवसायीले नै ती कुखुराको तस्करी गराउने र खरिद गर्ने गरिएको पाईएको संघको भनाई छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *