१२ बैशाख २०८१, बुधबार

श्रोत खुलाएपनि भारतीय सुरक्षाकर्मीद्धारा ६ लाख बढी भारुसहित नेपालीलाई सीमामा पक्राउ

श्रोत खुलाएपनि भारतीय सुरक्षाकर्मीद्धारा ६ लाख बढी भारुसहित नेपालीलाई सीमामा पक्राउ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ६ । भारतबाट नेपाल आउने क्रममा ६ लाख भन्दा बढी भारतीय रुपियाँ बोकेका एक नेपालीलाई भारतीय सुरक्षाकर्मीले नेपालगञ्ज नाकामा पक्राउ गरेको छ ।
भारतबाट फर्किएका जाजरकोटका धर्म बिसीलाई भारतीय सीमा रुपैडिहामा खटिएको भारतीय सीमा सुरक्षा बल र भारतीय प्रहरीको संयुक्त टोलीले चेकजाँचका क्रममा ६ लाख ४० हजार भारुसहित पक्राउ गरेको हो ।
सीमानामा चेकजाँच गर्दा बिसीसँग रहेको ६ लाख ४० हजार भारतीय रुपियाँ फेला परेपछि उनलाई पक्राउ गरिएको रुपैडिहा प्रहरी थानाका प्रमुख प्रमोद तिवारीले बताउनुभयो ।
उहाँले भारत उत्तरप्रदेशमा निर्वाचन चलिरहेकोले सीमामा सुरक्षाकर्मीले चेकजाँच बढाएको बेला यति ठुलो रकम बोकेर प्रहरीलाई कुनै जानकारी नै नदिईए आएकोमा अनुसन्धानका लागि पक्राउ गरिएको बताउनुभयो ।
निर्वाचनका समयमा भारतमै पनि ५० हजार भन्दा कम रकम मात्र बोकेर हिड्न सक्ने त्यो भन्दा बढी भए जफत गर्न सकिने निर्वाचन आयोगको निर्देशन रहेको भारतीय प्रहरीको भनाई छ ।
तर, विसीले ल्याएको सो रकमको ल्याएको स्रोतबारे प्रहरीलाई जानकारी दिएपनि जबर्जस्ती प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
नेपालबाट भारतमा सयौंको संख्यामा मानिसहरु श्रमका लागि जाने गरेका छन् । उनीहरु बर्षौसम्म त्यही काम गर्ने र नगद लिएर फर्कने गरेका छन् । एउटै व्यक्तिले अन्य साथीभाईको पैसा समेत फर्कदा लिएर आउने गरेका छन् ।
भारतमा नेपालीले बैंक खाता खोल्न निकै अप्ठ्यारो हुने, बैंकिङ्ग प्रणालीबारे थाहा नै नहुने र निरक्षर तथा सामान्य पढेलेखेका नेपालीले यसरी पैसा लिएर आउँदा फसाउने कार्य हुने गरेको भारतबाट फर्किएका सुर्खेत मेहलकुनाका राजेश विकले बताउनुभयो ।
उहाँले भारतबाट नेपाल र नेपालबाट भारत अधिकांशले नगद पैसा बोकेर नै आवागमन गर्ने गरेको जनाउँदै तर दुःख दिने नियतले नेपालीलाई पक्राउ गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
5

Leave a Reply

Your email address will not be published. Required fields are marked *