७ बैशाख २०८१, शुक्रबार

सदाबहार सामुदायीक वनको अनियमितता छानविन गर्न अधिकांश उपभोक्ताको माग

सदाबहार सामुदायीक वनको अनियमितता छानविन गर्न अधिकांश उपभोक्ताको माग

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ११ । नरैनापुर गाउँपालिकामा पर्ने एक सामुदायीक वनका पदाधिकारीले मनपरी तरिकाले काठ कटान र विक्रि संगै आर्थिक हिनामिना समेत गरेको आरोप लगाउँदै उपभोक्ताले छानविन र कारवाहीको माग गरेका छन् ।
नरैनापुर गाउँपालिका ४ मा रहेका सदाबहार सामुदायीक वन उपभोक्ता समितिको अध्यक्षसहितका पदाधिकारीले मनपरी गरेर अवैध काम गर्नुका साथै उपभोक्ताप्रति भेदभाव गरेको आरोप आम उपभोक्ताको छ ।
नरैनापुर ४ खोदोवामा बुधवार उपभोक्ता समितिले बोलाएको भेलामा सहभागि उपभोक्ताले आफुहरुले रकम तिरेर पनि काठ नपाएको, रकम बढी तिरेको तर काठ कम पाएको र बाँकी पैसा फिर्ता नगरिएको र आर्थिक हिनामिना समेत भएको आरोप लगाए ।
भेलामा आफ्नो कुरा राख्दै उपभोक्ता समितिका साधारण सदस्य कमलेश पाठकले समितिले मनपरी गरिरहेको, बैठक र भेला नगरेर घरघरमा माइनुट पठाएर हस्ताक्षर गराई निर्णय गर्ने गरेको, तिरेको रकमको काठ दिन आनाकानि गरिरहेको र मिलेमतोमा अवैध वन फडानी समेत भैरहेको आरोप लगाउनुभयो ।
सोही प्रकारले अर्का उपभोक्ता भिख्खु यादवले समितिका अध्यक्ष र पदाधिकारीले मिलेर विभिन्न प्रकारका आर्थिक अनियमितता गरेको र उपभोक्तालाई काठ नदिएर आफ्ना नातागोतालाई मात्र वितरण गरेको र वनको हेरचाहमा बेवास्ता गरिरहेको बताउनुभयो ।
सोही प्रकारले अर्का उपभोक्ता नन्कुराम यादवले समितिले २६ लाख रुपियाँको हिनामिना गरेकोले वन डिभिजन कार्यालय र अख्तियारमा सामुहिक उजुरी दिईएको जनाउँदै हरेक कुरामा मनपरि गरिएको र उपभोक्ताले रकम दिएर पनि काठ नपाएको बताउनुभयो ।
उहाँले पहिले उपभोक्तासंग बढी परिमाणको रकम लिएको तर पछि काठको परिमाण घटाएपनि रकम फिर्ता नगरिएको जनाउँदै रकम फिर्ता माग्न जाँदा रकम दिएको प्रमाण माग्ने गरेको बताउनुभयो ।


भेलामा सहभागि अधिकांशले उपभोक्तालाई अतिआवश्यक परेको बेला पनि काठ नदिने तर आफ्ना नजिककालाई भने जति बेला पनि दिने गरिएको आरोप पनि लगाएका थिए ।
आर्थिक हिनामिना भएको आरोप लगाईएपछि उपभोक्ता समितिका सचिव अभिमन्युसिंहले हिसाब किताब सुनाउँदै १३ लाख रुपियाँ बैकमा जम्मा रहेको र १० हजार क्युफिट मध्ये ३७ सय क्युफिट उपभोक्ताका लागि र सात हजार भन्दा बढी क्युफिट काठ बाहिर विक्रिका लागि राखिएको बताउनुभयो ।
उक्त वन उपभोक्ता समितिका अध्यक्ष वन्दनासिंहले समितिले कुनैपनि हिनामिना नगरेको र आम्दानी खर्च सबैको हिसाब राखिएको बताउनुभयो ।
सो अवसरमा उपस्थित नरैनापुर वन सब डिभिजन कार्यालयका रेन्जर जगविर खत्रीले सो सामुदायीक वनमा विभिन्न विवाद देखिएको र आर्थिक हिनामिना बारे वन डिभिजन कार्यालयमा उपभोक्ताको उजुरी समेत परेकोले सो बारे अनुसन्धान गरिने बताउनुभयो ।
उक्त वनका चौकिदार छेदु पासीले आफुले विगत ८ वर्षदेखि तलब नपाएको बताउँदै समितिले पैसा नदिएकोले वनको चौकीदारी पनि गर्न छोडेकोले मनपरी भैरहेको बताउनुभयो ।
खोदावा गाउँका अधिकांश वासिन्दाले उक्त सामुदायीक वनमा समितिसंगको मिलेमतोमा अवैध रुपमा काठ कटान हुने गरेको, काठ वितरणमा मनपरि भैरहेको र समितिले बैठक तथा छलफल नगरेर एकतर्फी निर्णयहरु घरमै बसेर गर्ने गरेको गुनासो गरेका छन् ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *