७ बैशाख २०८१, शुक्रबार

समाज कल्याण परिषदद्धारा बाँकेमा कतार च्यारिटिका कार्यक्रम अनुगमन

समाज कल्याण परिषदद्धारा बाँकेमा कतार च्यारिटिका कार्यक्रम अनुगमन

समाचारदाता
नेपालगन्ज, मंसिर २२ । समाज कल्याण परिषद्को एक टोलीले बाँकेका विभिन्न स्थानमा कतार च्यारेटिको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेका कार्यक्रमहरुको स्थलगत अनुगमन गरेको छ ।
समाज कल्याण परिषदका वरिष्ठ अधिकारी धनपति खरेलको नेतृत्वमा रहेको खानेपानी तथा सरसफाई मन्त्रालयका डिलमान शाक्यसहितको सो टोलीले जिल्लाको नरैनापुर, नेपालगञ्ज र खजुरामा पुगेर विभिन्न कार्यक्रमको अनुगमन गरेको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
कतार च्यारिटि नेपालका निर्देशक इरशाद अली शेख, कार्यक्रम संयोजक केफास महर्जन र पत्रकारहरु समेत संलग्न परिषदको सो अनुगमन टोलीले सबैभन्दा पहिले नरैनापुर गाउँपालिकाको प्राथमिक स्वास्थ्य सेवा (पीएचसी) मा पुगेर कतार च्यारिटीले त्यहाँ दिएको स्वास्थ्य उपकरणको प्रयोग र त्यसको परिणाम बारे छलफल गर्नुका साथै अस्पतालको अनुगमन गरेको थियो ।
सो अवसरमा नरैनापुरको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाह, स्वास्थ्य केन्द्रका मेडिकल अफिसरहरु डा. सुर्य प्रकाश शाह र डा. राम गोपाल तिवारी तथा वडा अध्यक्ष मसुद अहमद शाहले अवस्था बारे जानकारी गराउनु भएको थियो ।


प्राप्त उपकरण र एम्बुलेन्सले बिरामीको उपचारमा सहज भएको र सोही कारणले दिनदिनै बिरामीको संख्या पनि बढ्दै गएको स्वास्थ्य केन्द्रका चिकित्सकहरुले जानकारी गराउनु भएको थियो ।
सोही प्रकारले सो टोलीले प्रायोजित अनाथ बालबालिका र उनीहरूका अभिभावकहरूसँग पनि नेपालगन्जमा छलफल गरेर सहयोगको सदुपयोग र लाभ बारे जानकारी लिएको थियो ।
कतार च्यारिटीले गरिब र खाँचोमा परेका विद्यार्थीहरूलाई प्रदान गरिएको शिक्षा सहयोगका साथै साइकल सहयोग र असाध्यै गरिब बालबालिकाहरूलाई उनीहरूको स्वास्थ्यको लागि पोषण सहयोगको बारेमा टोलीले सोधपुछ गरेको थियो ।
यस्तै टोलीले खजुरा गाउँपालिकाको भ्रमण गरी साना सिँचाइ आयोजनाका कृषक समुहसँग अन्तरक्रिया गरेको र साना सिँचाइ सुविधाको पहुँचले उनीहरूलाई कृषि उत्पादन बढाउन र औसत आम्दानी बढाउन कसरी फाइदा पु¥याइरहेको छ भन्नेबारे जानकारी लिएको थियो । त्यसपछि टोलीले बाख्रापालन, कुखुरापालन र तरकारी खेतीमा सहयोग लिने लाभग्राहीसँग पनि अन्तरक्रिया गरेको थियो ।
सो अनुगमनमा क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकी, अध्यक्ष रवि कुमार तुलाधर, कार्यकारी निर्देशक साजिद अली सिद्दिकी, कार्यक्रम अधिकृत अनुप वर्मा र गुलाम गौस तथा सल्लाहकाहरुको पनि सहभागिता रहेको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *