७ बैशाख २०८१, शुक्रबार

सशस्त्र प्रहरीद्धारा भारतबाट भित्रिएको हानिकारक माछा र प्रतिवन्धित कुखुरा बरामद

सशस्त्र प्रहरीद्धारा भारतबाट भित्रिएको हानिकारक माछा र प्रतिवन्धित कुखुरा बरामद

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, माघ १९ । तस्करी र अवैध आयात नियन्त्रणका लागि सक्रिय रहेको सशस्त्र प्रहरीको टोलीले विभिन्न स्थानबाट लाखौं रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगन्ज १५ पिप्रहवा सिमा नाकाबाट डेढ क्विन्टल माछा र माछा तस्करीमा प्रयोग भएको एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ । बरामद गरिएका ३७ हजार ५ सय रुपैयाँ माछालाई क्वारेन्टाइन कार्यालय बुझाई नस्ट गरिएको र ५० हजार रुपैयाँ बराबरको भारतीय नम्बरको मोटरसाइकललाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक जनक राज बस्नेतले बताउनुभयो ।

सोही प्रकारले सशस्त्र प्रहरीले जानकी गाउँपालिका १ बाट डेढ क्विन्टल कुखुरा र कुखुरा तस्करीमा प्रयोग गरिएका ९ वटा साइकलसमेत बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जनाउनु भएको छ् । कुुखरालाई क्वारेन्टाइनमा र साइकललाई नेपालगन्ज भन्सार कार्यालयमा बुझाईने प्रक्रियामा रहेको उपरीक्षक बस्नेतले बताउनुभयो ।
त्यस्तै सशस्त्र प्रहरीले नेपालगन्ज १६ जयसपुरहुँदै भारतबाट लुकिछिपी ल्याउदै गरिएका ६० हजार रुपैयाँ बराबरका व्याटरी र ७० हजार रुपैयाँ बराबरको एउटा पुरानो अटो रिक्सा बरामद गरेको छ ।
त्यस्तै सशस्त्र प्रहरीको कालाबन्जार बिओपीले भारतबाट ल्याइएका ५४ हजार रुपैयाँ बराबरका अवैध किराना सामाग्री बरामद गरि नेपालगन्ज भन्सार बुझाइएको उपरीक्षक बस्नेतले जनाउनुभयो ।
पछिल्लो समयमा प्रहरीले सक्रियता बढाएपनि माछा र कुखुरा तस्करहरुले आफ्नो काम भने जारी नै राखेका छन् । तस्करहरुलाई पनि पक्राउ गर्नु पर्नेमा स्थानीयको विशेष जोड छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *