१२ बैशाख २०८१, बुधबार

सशस्त्र प्रहरी प्रमुख बस्नेतको निर्देशनमा तस्करी नियन्त्रण अभियान तिव्र, दुई लाख बढीको सामान बरामद

सशस्त्र प्रहरी प्रमुख बस्नेतको निर्देशनमा तस्करी नियन्त्रण अभियान तिव्र, दुई लाख बढीको सामान बरामद

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १३ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको प्रमुखमा एसपी जनक बस्नेत सरुवा भएर आएलगत्तै प्रमुख बस्नेतले सबै मातहतलाई तस्करी र अवैध आयात रोक्न कडाईका साथ प्रस्तुत हुन निर्देशन दिनुभएको छ । उहाँले सीमा नाकामा रहेका सबै बोर्डर आउट पोस्टको निरिक्षण गरेर समग्र अवस्था बारे जानकारी लिंदै तस्करीलाई शुन्यमा पुरयाउने उदेश्यले काम गर्न मातहतलाई निर्देशन दिनु भएको हो ।
एसपी बस्नेतको निर्देशन लगत्तै प्रहरीले ठुलो परिमाणमा भारतबाट तस्करी गरेर ल्याईएका सामान बरामद गर्न थालेको छ । सो क्रममा सशस्त्र प्रहरीले नेपालगन्जको जयसपुरस्थित भारतबाट अवैधरुपमा भन्सार छली ल्याउदै गरेका इलेक्ट्रोनिक्स सामान, धारा, बाथरुमका सामान, लत्ताकपडा, किराना सामान, फलफुल, तरकारी लगायतका अन्दाजी मुल्य २ लाख २० हजार बराबरको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रहरी निरीक्षक जीवनलाल बुढाको कमाण्डमा खटिएको टोलीले सो सामान बरामद गरेको हो । बरामद गरिएका सामानहरु थप आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । दुई दिन अघिपनि प्रहरीले ठुलो परिमाणमा चोरी पैठारी गरेर ल्याईएको सामान बरामद गरेको थियो ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले नाकामा उपस्थिति बढाएर दैनिकजसो सामानहरु बरामद गर्दै आएपनि तस्करहरु पक्राउ नपर्दा तस्करी भने निरन्तर जारी रहेको स्थानीयले जनाएका छन् । तस्करी गरेर ल्याएको सामानसंगै तस्करलाई पनि पक्राउ गरेर कारवाही गर्नु पर्ने उनिहरुको माग छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *