१३ बैशाख २०८१, बिहीबार

सिक्टा सिंचाई आयोजना – १८ वर्षमा ७० प्रतिशत काम सम्पन्न

सिक्टा सिंचाई आयोजना – १८ वर्षमा ७० प्रतिशत काम सम्पन्न

नेपालगञ्ज, असार १ गते । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको सिफ्टा सिंचाई आयोजनाको निर्माण कार्य सुरु भएको १८ वर्ष बित्दा अझै ३० प्रतिशत काम बाँकी रहेको छ । सिफ्टा सिंचाई आयोजनाको काम कछुवा गतिमा रहेको छ । हाल सरकारले २४ वटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको छ ।
आवश्यकताका आधारमा भन्दा पनि लहडका कारण कतिपय आयोजना छनोट गरिँदा लामो समसम्म परियोजनाले गति लिन नसकेको पाइएको छ । आर्थिक वर्ष २०६०।६१ बाट सुरु भएको उक्त आयोजनाको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको आयोजना निर्देशक डा सन्तोष कैनी बताउनुहुन्छ ।
लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित सिफ्टा सिंचाइ आयोजना अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा भरपर्दो सिंचाइको लागि पानी उपलब्ध गराउन यो आयोजनाको निर्माण गरिएको हो । यस आयोजनाको पश्चिम मूल नहरले बाँके जिल्लाको राप्ती नदीको पश्चिम भेगको ३३ हजार ७६६ हेक्टर जमिनमा सिंचाइ पुर्याउने लक्ष्य लिएको छ ।
यस्तै, पूर्वी मूल नहरले राप्ती नदीको पूर्वी भेगको करिब नौ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ । आयोजना प्रमुख डा  कैनीका अनुसार यो आयोजना निर्माणका क्रममा १० वर्षमा सम्पन्न हुने अपेक्षा गरे पनि विभिन्न अवरोधका कारण ढिला भएको हो ।


‘मूलत ठूला आयोजनाहरु सम्पन्न हुनका लागि आठ दश वर्ष लाग्छ । यसैले यो आयोजना पनि यही समयभित्रै सम्पन्न हुन्छ भन्ने अपेक्षा थियो,’ उहाँले भन्नुभयो ‘तर निर्माणको क्रममा अनेक अवरोध आएर ढिला हुन पुग्यो ।’
यो आयोजना निर्माणका क्रममा जग्गा अधिग्रहण, मुआब्जा वितरणमा नै समस्या भएको उहाँको भनाइ छ । ‘आयोजना निर्माणको क्रममा जग्गा अधिग्रहण, मुआब्जा वितरणमा नै समस्या भएकाले निर्माण कार्य ढिला भयो,’ कैनीले भन्नुभयो ‘आयोजनाभित्र राष्ट्रिय निकुञ्ज र वनक्षेत्र पर्ने भएकाले सबै कार्यविधि पूरा गरेर मात्र निर्माण कार्य थालेकाले पनि ढिला भयो ।’
निर्माण कार्य चलिरहेको समयमा बीचबीचमा स्थानीयले अनावश्यक माग राख्ने गरेको पनि उहाँको भनाइ छ । यो आयोजनालाई चालू आवमा एक अर्ब ३७ करोड ५७ लाख बजेट विनियोजन भएको थियो ।
हालसम्म ७६ करोड २० लाख ८३ लाख खर्च भएको आयोजना निर्देशक डा कैनी बताउनुहुन्छ । चालू आवको बाँकी समयमा २० करोड हाराहारीमा खर्च हुने उहाँ बताउनुहुन्छ । आयोजनालाई आगामी आवको लागि एक अर्ब ८८ करोड रकम विनियोजन भएको छ । ( गोरखापत्र अनलाइनबाट साभार )


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *