७ बैशाख २०८१, शुक्रबार

सुख्खाग्रस्त घोषित नरैनापुरलाई संकटग्रस्त घोषणा गरेर राहात दिन संघीय र प्रदेश सरकारसंग माग

सुख्खाग्रस्त घोषित नरैनापुरलाई संकटग्रस्त घोषणा गरेर राहात दिन संघीय र प्रदेश सरकारसंग माग

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, भदौ २२ । स्थानीय सरकारद्धारा सुख्खा क्षेत्र घोषित नरैनापुर गाउँपालिकालाई जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय तथा प्रदेश सरकार समक्ष सिफारिस गरेको छ ।
१५ प्रतिशत मात्रै रोपाइँ भएको र त्यसमध्येपनि अधिकांश सुखेर नष्ट भैसकेको जानकारीसहित राहतका लागि स्थानीय प्रशासनसँग पहल गरी दिन पत्राचार गरेपछि विपद् व्यवस्थापन समितिले किसानलाई राहत उपलब्ध गराउन सङ्घीय र प्रदेश सरकार समक्ष सिफारिस गरेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिनुभयो । समितिले प्रयाप्त सिचाँइ, वैकल्पिक बाली प्रबन्धन तथा राहत वितरणको व्यवस्थाका लागि सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो ।

यस अघि कृषि वैज्ञानिक सहितको टोलीले सो क्षेत्रमा कोसे बालीको खेती गर्न सुझाव समेत दिएको थियो । नरैनापुर गाउँपालिकाले आफ्नो क्षेत्रलाई यस अघि सुख्खा क्षेत्र घोषणा गरेको थियो । गाउँपालिकाको बैठकले पर्याप्त सिंचाइ व्यवस्था नभएको र पानी नपरेकोले धान रोपाइँ पनि हुन नसक्दा बाध्य भएर सुख्खा क्षेत्र घोषणा गरेको जनाएको थियो ।
सुख्खा क्षेत्रेको बाँके क्षेत्र नं १ का संघिय साँसद एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक र अर्थ मन्त्री जनार्दन शर्माले स्थलगत निरिक्षण गरेर राहात र सिंचाईका लागि पहल गर्ने प्रतिवद्धता जनाइसक्नु भएको छ। छिटै राहात र सिंचाईको व्यवस्था नगरे भोकमरी शुरु हुने जनाउँदै स्थानीय वासिन्दाले सरकारले यस थर्फ तत्काल ध्यान दिनुपर्ने माग गरेका छन् ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *