१२ बैशाख २०८१, बुधबार

हुस्सु र कुहिरोले गर्दा नेपालगञ्ज विमानस्थल बन्द, सबै उडान रद्द

हुस्सु र कुहिरोले गर्दा नेपालगञ्ज विमानस्थल बन्द, सबै उडान रद्द

सिराज खान
नेपालगञ्ज, माघ १६ गते । बाक्लो हुस्सु र कुहिरोका कारण बिहानैदेखि मौसम विग्रीएकोले आइतवार अहिलेसम्म नेपालगञ्ज विमानस्थलका सबै उडान रद्द गरिएको छ । यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लामा हुने र संघीय राजधानी काठमाडौं तथा पोखराका लागि हुने सबै उडान रद्द गरिएका हुन् । उडान रद्द हुँदा विभिन्न ठाउँमा जान विमानस्थल पुगेका सयौं यात्रु विमानस्थलमै रोकिएका छन् ।
नागरिक उड्डयन कार्यालय नेपालगञ्जकाअनुसार आइतवार विहानैदेखि मौसम अत्यधिक खराब हुँदा भिजिविलिटी कम भएकाले विमानस्थल नखोलिएको जनाएको छ । दिउँसो १ बजेसम्म यहाँबाट कुनैपनि हवाई उडान नभएको सो कार्यालयले जनाएको छ । मौसममा सुधार आएपछि मात्रै उडान सुचारु गर्न सकिने कार्यालयले जनाएको छ ।
शनिवार रातीबाटै मौसममा आएको खराबीका कारण हुस्सु र कुहिरो अत्याधिक बढेपछि उज्यालो निकै कम रहेकाले नेपालगञ्जबाट आइतवार हुने सबै उडान दिउँसो दुई बजेसम्मका लागि रद्द गरिएकोे विमानस्थल सुरक्षा गार्डका प्रमुख सई सन्तोष शाहले बताउनुभयो । उडान नहुँदा सयौं यात्रु अझैपनि विमानस्थलमा पर्खिरहेको २ बजेपछि सो बारेमा थप जानकारी गराउने टावरले सुचना दिएको उहाँले बताउनुभयो ।
यस क्षेत्रका अधिकांश पहाडी र हिमाली जिल्लाहरुमा हिउँ परिरहेकोले ती जिल्लाको उडान रद्द गरिएको र अन्य जिल्लामा नेपालगञ्ज विमानस्थल बन्द हुँदा उडान नभएको विमानस्थल टावरले जनाएको छ । गत केही दिनदेखि नै पहाडी जिल्लामा निकै कम उडान हुनेगरेको र काठमाडौं तथा पोखराका लागि पनि ढिला गरेर केही उडान मात्र हुनेगरेको विमानस्थल सुरक्षा गार्डका प्रमुख सई शाहले बताउनुभयो ।
नेपालगञ्जबाट दैनिक जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा र बझाङ्ग तथा काठमाडौं र पोखराका लागि २५ भन्दा बढी हवाई उडान हुनेगरेका छन् । ( गोरखापत्र अनलाईनबाट साभार )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *