८ बैशाख २०८१, शनिबार

१५० ग्राम ब्राउनसुगरसहित नेपालगञ्जकी राना र भारत बहराइचका अन्सारी दांगमा पक्राउ

१५० ग्राम ब्राउनसुगरसहित नेपालगञ्जकी राना र भारत बहराइचका अन्सारी दांगमा पक्राउ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ६ पुस । दाङमा ठुलो परिमाणको ब्राउनसुगरसहितसहित नेपालगञ्ज र भारत बहराइचका दुइ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा, बाँके जिल्लाको नेपालगंज उप–महानगरपालीका वडा नं १८ कारकाँदो बस्ने बर्ष ४५ की चन्द्रा राना र भारत उत्तर प्रदेश जिल्ला बहराईच मंन्सुरगंज बस्ने बर्ष १८ को समिर अंसारी पक्राउ परेका दांग प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १५०.५६ ग्राम लागु औषध ब्राउनसुगर, हेवाई र भिभो कम्पनीको स्क्रीन टच मोबाइल २ थान र भारु ४००० रकम प्रहरीले बरामद गरको छ ।
प्रहरीका अनुसार, विशेष सुचनाको आधारमा दाङ लमही नगरपालीका वडा नं ९ अमिलियास्थित प्रहरी अधिकृत सहितको प्रहरी टोली खटिगई चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा हिडडुल गरीरहेका समयमा उनीहरुको खानतलासी गर्दा रानाले लगाएको कालो रङ्गको हाईनेक भित्र घाँटी मुनीको भागमा खैरो हेरोइन लुकाई छिपाई राखेको अवस्थामा फेला परि बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *