१२ बैशाख २०८१, बुधबार

६५ करोडको लागतमा नेपालगञ्जमा अत्याधुनिक दाना उद्योग सञ्चालनमा

६५ करोडको लागतमा नेपालगञ्जमा अत्याधुनिक दाना उद्योग सञ्चालनमा

सिराज खान
नेपालगञ्ज, पुस २६ गते । बाँकेमा पहिलो पटक पश्चिम नेपालकै सबैभन्दा अत्याधुनिक र ठुलो क्षमताको दाना उद्योग सोमवारबाट सञ्चालनमा आएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्तामा सो उद्योग सञ्चालनमा आएपछि पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा कुखुरा, माछा र पशुको दानाको अभाव नहुने दावी गरिएको छ ।
सोमवारबाट सञ्चालनमा ल्याईएको सो अत्याधुनिक उद्योगले एक घण्टामा सय क्वीन्टल दाना उत्पादन गर्ने जनाउँदै उद्योगका सञ्चालक कामरान राईले आवश्यक परेमा एक दिनमा हजारदेखि १२ सय क्वीन्टल भन्दा बढी विभिन्न दाना उत्पादन गरिने बताउनुभयो ।
उक्त उद्योगका लागि ९ हजार क्वीन्टल क्षमताको गोदाम समेत निर्माण गरिएको सञ्चालक राईले बताउनुभयो । उहाँले अब दानाका लागि यस क्षेत्रका किसानलाई चितवन वा अन्य जिल्लामा जानु पर्ने बाध्यता समेत अन्त भएको जनाउनुभयो ।


उद्योग सञ्चालनको पहिलो दिननै करिब ७ सय क्वीन्टल दाना विक्रि भएको पनि उहाँले बताउनुभयो । दानाको समस्या समाधान भएपछि अब यस क्षेत्रमा कुखुरापालन, माछापालन र पशुपालनमा समेत बृद्धि हुने अपेक्षा गरिएको छ ।
देशकै सबैभन्दा अत्याधुनिक दाना उद्योग मध्येको एक किसान फिड मिलको सोमवार नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले उदघाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै उहाँले कृषिलाई आधुनिकरण र व्यवसायीकरण नगरेसम्म आर्थिक विकास नहुने प्रष्ट पार्नुभयो । कृषिमा आधारित यस्ता उद्योगहरु बढी भन्दा बढी सञ्चालन हुनसके मात्रै रोजगारी बढ्नुका साथै कृषकको उत्पादनले सही मुल्य र बजार पाउने मन्त्री यादवले बताउनुभयो ।
सो अवसरमा बोल्दै पुर्वसहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले भारतबाट कुखुरा, चल्ला र अण्डा लगायत विभिन्न बस्तुको अवधै आयात नरोकिएकोले स्थानीय उद्योगीहरु मारमा परेको गुनासो गर्नुभयो ।
अवैध आयातका कारणनै करोडौ करोड लगानीमा खोलिएका उद्योगहरु धरासायी बन्ने अवस्था रहेकोले सो सम्बन्धमा प्रहरी प्रशासनले पनि विशेष ध्यान दिन उहाँले सो अवसरमा ध्यानाकर्षण गराउनुभयो ।
उद्घाटन समारोहमा जनता समाजवादी पार्टीका नेता तथा राष्टियसभाका पुर्व सदस्य रमेश यादव, जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राई, उद्योगका सञ्चालक कामरान राई र तिलक गाउँले लगायतले पनि उद्योगको सफलताको शुभकामना दिनु भएको थियो ।
सोही ठाउँमा यसअघि रजा ग्रुपले ५० करोडको लागतमा अत्याधुनिक कुखुरापालन समेत सञ्चालन गरिरहेको छ । वातानुकुलित र मानव स्वास्थ्यका लागि निकै राम्रो वातावरणमा कुखुरा पालन भैरहेको जनाउँदै रजा ग्रुपका सञ्चालक मुख्तार राईले एकै पटक ७५ हजार कुखुरापालन भैरहेको बताउनुभयो ।
सोही स्थानमा २० करोडको लागतमा केही महिनापछि अत्याधुनिक ह्याचरी उद्योग सञ्चालनमा तयारीका साथ काम तिव्र रुपमा चलिरहेको पनि सो अवसरमा जनाईएको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
4
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *