१७ बैशाख २०८१, सोमबार

ठाकुरबाबामा परियोजनाको लेखाजोखा तथा समिक्षा कार्यक्रम सम्पन्न, युनेस्को क्लब र प्लान इन्टरनेसनल सम्मानित

ठाकुरबाबामा परियोजनाको लेखाजोखा तथा समिक्षा कार्यक्रम सम्पन्न, युनेस्को क्लब र प्लान इन्टरनेसनल  सम्मानित

समाचारदाता
नेपालगन्ज, असोज १२ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा नगरपालिकामा सञ्चालित परियोजनाको पालिकास्तरीय सामाजिक लेखाजोखा तथा समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित युवा महिलाहरुको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्र्धन परियोजनाले १८ वर्षदेखि २४ वर्ष समुहका १२० जना युवा महिलालाई शिपमुलक तालिम दिएर उनिहरुको व्यवसाय विकास तथा रोजगार प्रवद्र्धनमा सहयोग पुरयाएको छ ।
सो परियोजना १ जनवरी २०२२ देखि सञ्चालनमा आएको बाँके युनेस्को क्लबले जनाएको छ । सो परियोजनाको पालिकास्तरीय समिक्षा र सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरिएको हो ।
ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर विष्ट प्रमुख अतिथि रहनु भएको थियो भने नगरपालिकाका उपप्रमुख बिना भट्टराई विशेष अतिथि रहनु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख विष्टले युवा महिलाको रोजगारीका लागि यो परियोजना बरदान साबित भएको बताउनुभयो ।
यसैगरि नगरपालिकाका नगर प्रमुख लम्सालले यस्ता परियोजनाबाट आर्थिक रुपमा समस्यामा परेका महिलालाई स्वरोजगार बनाएर उनिहरुको जीवन परिवर्तनमा अहम भूमिका निर्वाह गर्न सकिने बताउनुभयो । उहाँले रोजगार प्रवद्र्धनलाई स्थानीय सरकारले निरन्तरता दिने पनि बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजाल, प्लान इन्टरनेसनल नेपालका कार्यक्रम संयोजक गोमा वली चौधरी, नगरपालिकाका योजना प्रमुख अनन्तराज सुवेदी, रोजगार सेवा केन्द्रका संयोजक रविन्द्र अर्याल, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, महिला शाखा प्रमुख र परियोजनाका सहभागि गरेर ४० जनाको उपस्थिति रहेको थियो ।
सामाजिक लेखाजोखा अन्तर्गत परियोजनाको पारदर्शिता, प्रभावकारिता, बजेटका बारेमा सल्लाह सुझाव संकलन गरिएको थियो ।
कार्यक्रमको सहजीकरण बसन्त कुमार विसीले गर्नु भएको थियो भने कार्यक्रमको प्रगति प्रस्तुतीकरण कार्यक्रम संयोजक गोविन्द लामिछानेले गर्नु भएको थियो ।
समिक्षा कार्यक्रममा उद्यमशिल तथा रोजगार प्रवद्र्धनमा सहयोग पुरयाएकोमा ठाकुरबाबा नगरपालिकाले बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपाललाई सम्मानित गरेको कार्यक्रम संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *