७ बैशाख २०८१, शुक्रबार

मानवबेचविखन विरुद्धका अभियन्तालाई ट्याब्लेट वितरण, परियोजनाको समिक्षा

मानवबेचविखन विरुद्धका अभियन्तालाई ट्याब्लेट वितरण, परियोजनाको समिक्षा

नेपालगञ्ज, कात्तिक १६ गते । बाँके युनेस्को क्लबले प्लान नेपालको सहयोगमा सञ्चालन गरेको मानव बेचविखन विरुद्धको परियोजनाको समिक्षा तथा आगामी योजना निर्माण कार्यक्रम सम्पन्न भएको छ ।
नेपालगञ्जमा आयोजना गरिएको सो कार्यक्रममा परियोजनाको समिक्षा गर्नुका साथै आगामी दिनको योजना निर्माण गरिएको र सोही अवसरमा मानव बेचविखन विरुद्ध सक्रिय अभियन्ताहरुलाई ट्याब्लेट लगायत समेत वितरण गरिएको बाँके युनेस्को क्लबका मुख्य संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

बाँके जिल्लाको चारवटा पालिका नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका, खजुरा र बैजनाथ गाउँपालिकामा मानव बेचविखन विरुद्ध सचेतना अभियानमा खटिएका २० जना युवा अभियन्ताहरुलाई मोबाईल ट्याब्लेट, टी शर्ट, कैप र रिस्ट व्याण्ड वितरण गरिएको उहाँले बताउनुभयो ।
सो वितरण कार्य बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरी, उपाध्यक्ष पन्चम गुरुंग, कार्यकारी निर्देशक रवि तुलाधर, प्लान नेपाल केन्द्रिय कार्यालयका संयोजक लक्ष्मी पाठक र प्लान नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक सन्तोष पुलामीले गर्नु भएको थियो ।
कार्यक्रममा परियोजना अन्तर्गत विगतमा गरिएका कार्यहरुको समिक्षा गर्नुका साथै आगामी दिनमा गर्ने कार्यहरुको योजना निर्माण गरिएको मानव बेचविखन विरुद्धको परियोजनाका संयोजक महेश नेपालीले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

सो अवसरमा प्लान नेपाल केन्द्रिय कार्यालयका संयोजक लक्ष्मी पाठक र प्लान नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक सन्तोष पुलामीले सहजीकरण गर्नु भएको जानकारी परियोजनाका फिल्ड सुपरवाइजर शंकरसिंह थारुले गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *