१२ बैशाख २०८१, बुधबार

निर्वाचन कार्यालयका लैंगिक तथा समावेशी सम्पर्क व्यक्तिको दुई दिने प्रशिक्षण सम्पन्न

निर्वाचन कार्यालयका लैंगिक तथा समावेशी सम्पर्क व्यक्तिको दुई दिने प्रशिक्षण सम्पन्न

नेपालगञ्ज पाटी समाचार
नेपालगञ्ज, १२ कात्तिक । प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका लैंगिक तथा समावेशी सम्पर्क व्यक्तिहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ ।
निर्वाचन आयोगका निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले प्रशिक्षणको उदघाटन गर्दै संविधानले प्रदान गरेको दायीत्वलाई पुरा गर्न निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वुनीय र मितव्ययी बनाउने कार्यमा निरन्तर खटिएको बताउनुभयो ।
निर्वाचन व्यवस्थापनमा लैंगिक तथा समावेशी निति २०७७ तर्जुमा गरि कार्यान्वयनमा ल्याईएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागिहरुलाई बाँके जिल्ला निर्वाचन अधिकारी खुग प्रसाद सुवेदी, प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले निर्वाचनका बारेमा जानकारी गराउनु भएको थियो ।
निर्वाचन आयोगका उपसचिव कोमल प्रसाद धमला र आयोगका शाखा अधिकृत श्रवण कुमार लुइटेलले पनि लैंगिक र समावेशी नितिको कार्यान्वयनका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
सो कार्यक्रममा निर्वाचन व्यवस्थापन लैंगिक तथा समावेशी निति २०७७ लाई कार्यान्वयन गर्नका लागि विभिन्न ८ वटा कार्यपत्र तयार गरेर प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको सहजीकरण मुख्य सहजकर्ता कोमल प्रसाद धमला तथा सहजकर्ताहरु प्रेमराज भट्ट, विष्णु प्रसाद नयौपाने र श्रवण कुमार लुईटेलले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *