१२ बैशाख २०८१, बुधबार

मधेश मानव अधिकार गृह बाँकेको अध्यक्ष बने पत्रकार ठाकुर

मधेश मानव अधिकार गृह बाँकेको अध्यक्ष बने पत्रकार ठाकुर

नेपालगञ्ज, १३ कात्तिक । पत्रकार दिनेश ठाकुरको अध्यक्षतामा मधेश मानव अधिकार गृहको बाँके जिल्ला कार्य समिति गठन गरिएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाका उप–प्रमुख उमा थापा मगरको अध्यक्षतामा बसेको बैठकले पत्रकार ठाकुरको अध्यक्षतामा १२ सदस्यीय मधेश मानव अधिकार गृह बाँकेको समिति गठन गरेको हो ।
उक्त समितिको उपाध्यक्षमा लक्ष्मी सुनार, सचिवमा सारु हमाल, सह–सचिवमा शिव जायसवाल र कोषाध्यक्षमा बिनयराज त्रिपाठी रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा शुक्रऋषि चौलागाई, सरला सुवेदी, असलम भाँट, मोहिनी बाल्मिकी, सुनिता पोखरेल, पुष्पा सुनार, र पवन जायसवाल रहनुभएको छ । मधेश मानव अधिकार गृह को आसन्न केन्द्रीय अधिबेशनका लागि बाँके जिल्लाबाट प्रतिनिधिको रुपमा अध्यक्ष दिनेश ठाकुर, सचिव सारु हमाल र सदस्य असलम भाँटलाई पठाउने निर्णय बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *