१५ चैत्र २०८०, बिहीबार

अगैयामा स्कोरपियोको ठक्करबाट प्रहरीको मृत्यु

अगैयामा स्कोरपियोको ठक्करबाट प्रहरीको मृत्यु

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २४ । नेपालगञ्ज राँझा चोकमा मोटरसाइकलले ठक्कर दिंदा एक प्रहरी हवलदारको मृत्यु भएको एकदिन नवित्दै दुर्घटनामा परी फेरी एक अर्का प्रहरीको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको अगैया नजिकै स्कारपियोको ठक्करबाट एक जना प्रहरीको मृत्यु भएको जनाईएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार अगैया नजिकै स्कारपियो र मोटरसाइकल ठोक्किदाँ मृत्यु भएका युवकको गोजीबाट प्रहरीको परिचय पत्र बरामद भएकोले उनि प्रहरी रहेको अनुमान गरिएको छ ।
मृत्यु हुनेमा बर्दियाका अन्दाजी २७ वर्षीया हिरालाल थारु रहेका छन् । उनि बाँके भन्दा बाहिरी जिल्लामा कार्यरत प्रहरी जवान हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
सो बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *