१२ बैशाख २०८१, बुधबार

अधिकारीको अध्यक्षतामा प्रेस सेन्टर खजुरा शाखा कमिटि पुनर्गठन

अधिकारीको अध्यक्षतामा प्रेस सेन्टर खजुरा शाखा कमिटि पुनर्गठन

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, मंसिर २३ । प्रेस सेन्टर नेपालको खजुरा शाखा पुनर्गठन गरीएको छ । शुक्रबार प्रेस सेन्टर निकट पत्रकारहरुको भेलाले खजुरा गाँउपालिका स्तरीय कमिटि पुनर्गठन गरेको हो ।
हरिशरण अधिकारीको अध्यक्षतामा चयन गरीएको नयाँ कमिटीको उपाध्यक्षमा सीता ओली, सचिवमा पुरन परियार, सहसचिवमा अकतार खाँ र कोषाध्यक्षमा अमृता खवास चयन भएका छन । त्यसैगरी सदस्यहरुमा लोपजंग मल्ल र रेखा थापा चयन भएका छन ।
प्रेस सेन्टर बाँकेले जिल्लाका ८ वटै पालिकामा कमिटि बिस्तार गर्ने क्रममा यसअघि खजुरा गाँउपालिकास्तरीय तदर्थ समिति गठन गरेको थियो । उक्त समितिलाई पुर्णता दिने क्रममा शुक्रबार नयाँ कमिटि चयन गरीएको प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालले जानकारी दिएका छन ।
बाँकेमा पालिकास्तरीय कमिटि बिस्तार गर्ने प्रेस सेन्टर पहिलो संगठन हो । प्रेस सेन्टरले नेपालगञ्ज, खजुरा, कोहलपुर, राप्तीसोनारी र डुडुवामा पालिकास्तरीय शाखा गठन गरि सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *