८ बैशाख २०८१, शनिबार

अन्तरजातीय विवाह गर्दा वेपत्ता पारिएका हुम्लाका चन्द्रे कामीलाई सार्वजनिक गर्न माग

अन्तरजातीय विवाह गर्दा वेपत्ता पारिएका हुम्लाका चन्द्रे कामीलाई सार्वजनिक गर्न माग

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ५ पुस । अन्तरजातीय विवाह गर्दा वेपत्ता पारिएका हुम्लाका चन्द्रे कामीलाई सार्वजनिक गर्न गैर सरकारी महासंघका नवनिर्वाचित केन्द्रिय सदस्य धर्म रोकायले नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको छ ।
उहाँले आफ्नो फेसबुकमार्फत सरकार अन्तरजातीय विवाह गर्दा वेपत्ता पारिएका हुम्लाका चन्द्रे कामीको अवस्था तुरुन्त सार्वजनिक गर भन्ने कुरा लेखेर यस विषयमा सवैको ध्यानाकर्षण होस भनेर पोष्ट गर्नु भएको छ ।
हालैमात्र राजधानीमा भउको गैसस महासंघको केन्द्रिय महाधिवेसनमा केन्द्रिय सदस्यमा विजयी हुनु भएका बाँके कोहलपुर निवासी रोकायले अहिलेको २१ औं शताब्दीमा पनि अन्तराजातयि विवाह गरेकै निहुमा कसैलाई बेपत्ता पार्ने काम गरिन्छ भने हामी कहाँ र कुन अवस्थामा छौं भन्ने कुरा प्रष्ट भएको पनि बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *