१४ बैशाख २०८१, शुक्रबार

अम्बे फर्निसिङ बन्यो नेपालगञ्जका लागि भि–वन कुर्सीको आधिकारिक विक्रेता

अम्बे फर्निसिङ बन्यो नेपालगञ्जका लागि भि–वन कुर्सीको आधिकारिक विक्रेता

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २६ कात्तिक । अन्तर्राष्ट्रियस्तरमै लोकप्रिय भि–वन अर्गानोमिक्स कुर्सी विक्रि वितरणका लागि नेपालगञ्जमा आधिकारिक विक्रेता तोकिएको छ । सो का लागि नेपालगञजस्थित अम्बे फर्निसिङलाई आधिकारिक विक्रेता तोकिएको हो । कम्पनीले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अम्बे राजधानी बाहिर बिक्रिको हिसावले पहिलो स्थानमा रहेको भन्दै आधिकारिक विक्रेताको रुपमा मान्यता प्राप्त गरेपछि कारोबार थप बढ्ने बिश्वास ब्यक्त गरेको छ ।
अम्बे फर्निसिङका सञ्चालक पंकज श्रेष्ठले २० बर्षदेखि पश्चिम नेपालमा आफुहरुले सेवा दिदै आएको भन्दै भि–वन बिश्वसनीय रहेको बताउनुभयो । भि–वनका कन्ट्री प्रबन्धक प्रविण श्रीवास्तवले अम्वे आफैमा विश्वसनीय ब्राण्ड भएको बताउनुभयो । यो कुर्सी आरामदायी, स्वास्थ्यपद्र्धक र बलियो तथा टिकाउपूर्ण रहेको उहाँको भनाई छ । सात हजार ८०० रुपियाँ देखि एकलाख २९ हजार सम्म कुर्सीको मुल्य रहेका छन् ।
अम्बे फर्निसिङका ईञ्जिनियर विवेक लामिछानेले स्वास्थ्यको हिसावले अन्य कुर्सी भन्दा भि–वन आरामदायी रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
3
+1
0
+1
0
+1
0

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *