१२ बैशाख २०८१, बुधबार

आज लक्ष्मीपुजा गरेर दिपावली मनाईंदै, देउसी भैलो राती ८ बजेसम्म मात्र खेल्न पाइने

आज लक्ष्मीपुजा गरेर दिपावली मनाईंदै, देउसी भैलो राती ८ बजेसम्म मात्र खेल्न पाइने

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १८ कात्तिक । यमपञ्चक अर्थात तिहारको तेस्रो दिन विहिबारसाँझ लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।
यस पर्वलाई दीपमाली पनि भनिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । हाल आएर दियोको स्थानमा मैनबत्ती बाल्ने प्रचलन पनि बढ्न थालेको छ । दियोमा तेल राखेर बत्ती बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रविद्को भनाई छ ।

आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । आज साँझ युवती समूह बनाई घरघरमा भैलो खेल्छन् । बाँकेमा जिल्ला प्रशासन कार्यालयले राती ८ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने सुचना सार्वजनिक गरेको छ । शान्ति सुरक्षाको व्यवस्था कायम राख्न सो निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिने परम्परा छ । लक्ष्मी पूजाका अवसरमा नेपालगञज बजारमा दीपावली गरी झिलीमिली पारिएको छ । सदरलाइनको बजारमा धनतेरसका दिनदेखिनै विशेष दिपावली बजार लगाइएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *