११ बैशाख २०८१, मंगलवार

एकीकृत समाजवादी बाँकेको अध्यक्षमा इन्द्र थापा र सहसचिवमा किशोर थापा चयन

एकीकृत समाजवादी बाँकेको अध्यक्षमा इन्द्र थापा र सहसचिवमा किशोर थापा चयन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर १५ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी बाँकेको अध्यक्षमा पुराना र इमान्दार कम्युनिष्ट नेता इन्द्रबहादुर थापालाई चयन गरिएको छ। मंगलवार नेपालगञ्जमा सम्पन्न भएको एकिकृत समाजवादीको जिल्ला भेलाले थापाको अध्यक्षतामा जिल्ला कमिटिलाई पूर्णता दिएको छ ।
एकिकृत समाजवादीका केन्द्रीय सदस्य एवं बाँकेका इन्चार्जसमेत रहनु भएका नेता अशोक कोइरालाको अध्यक्षतामा बसेको उक्त भेलाले थापाको नेतृत्वमा ३०३ सदस्यीय जिल्ला कमिटि गठन गरेको सो पार्टीले जनाएको छ ।
पुर्णता पाएको सो जिल्ला कमिटिको उपाध्यक्षमा सम्सुद्दिन सिद्दिकी, भद्र प्रसाद देवकोटा, सचिवमा दिपक जीएम, सहसचिवमा किशोर थापा, भगवति अधिकारी, कप्तान पाठकलाई चयन गरेको स्रोतले जनाएको छ ।
चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई समाजवादीका पोलिटब्यूरो सदस्य दलबहादुर सुनारले शपथ गराउनु भएको थियो । त्यसअघि कार्यक्रममा बोल्दै नेता सुनारले जिल्ला कमिटिलाई जिल्लामा पार्टीलाई बलियो बनाउन लागिपर्नका लागि आग्रह गर्नुभयो ।
यसअघि जिल्ला अध्यक्षकोसमेत जिम्मेवारीमा रहनु भएका बाँके इन्चार्ज कोइरालाले कार्यभार नयाँ कार्यसमितिका अध्यक्ष थापालाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य तथा बाँके सहइन्चार्ज अब्दुल हुसेन खाँले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *