१३ बैशाख २०८१, बिहीबार

एमसिसिको बिरोधमा नेपालगन्जमा राप्रपाको विरोध प्रदर्शन

एमसिसिको बिरोधमा नेपालगन्जमा राप्रपाको विरोध प्रदर्शन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १२ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसि को विरुद्धमा नेपालगन्ज विपिचोकमा राप्रपाले  विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रियता रक्षाको निम्ति बाँके राप्रपा र देशभक्त राष्ट्र प्रेमी युवाहरुको उपस्थितिमा विहिबार नेपालगन्ज बिपिचोकमा विरोध प्रदर्शन गरिएको राप्रपाका सहमहामन्त्री रिसिराज देवकोटाले बताउनुभयो । उहाँले कुनैपनि हालतमा सो सम्झौता नेपालमा लागु गर्न नदिने अडानका साथ आफुहरु आन्दोलनमा उत्रिएको बताउनुभयो ।

विरोध र्यालीमा सहभागीहरुले राष्ट्रघाति सम्झौता एमसिसि खारेज गर, राष्ट्रघाती होसियार, हिन्दुराज्य कायम गर लगाएतका नारा सहित विपिचोकमा प्रदर्शन गरेका थिए ।
त्यस्तै सो विरोधसभामा बोल्ने वक्ताहरुले राष्ट्रघाती एमसिसि कुनै पनि हालतमा संसदबाट पारित गर्न नहुने र फिर्ता गराउनको लागि सम्पुर्ण देशभक्त नेपालीहरु एक हुनुपर्नेमा जोड दिएका थिए ।
एमसीसी विरुद्ध गत केही दिनयता बाँकेमा निरन्तर आन्दोलन जारी रहेको छ । नेपालगञ्ज र कोहलपुरमा माओवादी केन्द्र निकट वाईसियल, विद्यार्थि संगठन लगायत अन्य जनवर्गिाय संगठन र राप्रपा बाँके र सो दलका जनवर्गिय संगठनहरुले पनि दैनिकजसो विरोध जुलुस, प्रदर्शन र सभाहरु गरिरहेका छन् ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *