१५ चैत्र २०८०, बिहीबार

एमसीसी खारेजीको माग गर्दै शुक्रवार पनि नेपालगञ्ज र कोहलपुरमा विरोध प्रदर्शन

एमसीसी खारेजीको माग गर्दै शुक्रवार पनि नेपालगञ्ज र कोहलपुरमा विरोध प्रदर्शन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ६ । एमसीसी पास नगर्न खगरदारी गर्न माओवादी केन्द्र निकट जनवर्गीय संगठनहरुले शुक्रवार पनि नेपालगञ्ज र कोहलपुरमा खवरदारी गर्दै विरोध प्रदर्शन गरेका छन ।
वाईसिएल,अखिल क्रान्तिकारी,अनेमसंघ क्रान्तिकारी, अखिल नेपाल सुकुम्वासीसंग लगाएत संगठनहरुले संयुक्त रुपमा बाँकेका दुबै सहरमा बिरोध प्रदर्शन गरेका हुन ।
नेपालगञ्जस्थित माओवादी केन्द्रको पार्टी कार्यालयबाट विभिन्न नराराहरु लगाउँदै शुरु भएको विरोध जुलुसले त्रिवेणी मोड, त्रिभुवनचोक, विपी चोक हुँदै धम्बोझी चोकमा पुगेर विरोधसभाको आयोजना गरेको थियो । सो विरोध प्रदर्शनमा एमसीसी खारेज गर, एमसीसी चाहिंदैन, यो राष्टघाती हो जस्ता नाराहरु लगाउँदै बलजफ्ती जनतामाथि लाद्ने कार्य गरिए कडा आन्दोलनको चेतावनी समेत प्रदर्शनकारीहरुले दिएका थिए ।
विरोधसभालाई सम्बोधन गर्दै वाईसियलका केन्द्रिय संयोजक सुमन देवकोटाले कुनैपनि हालतमा राष्टघाती एमसीसी नेपालमा लागु गर्न नदिने बताउनुभयो । उहाँले यो रोक्न जस्तो सुकै आन्दोलन गर्नु परेपनि वाईसियल पछि नपर्ने बताउनुभयो । एमसीसीले देशमा को राष्टवादी र को राष्ट विरोधी हो भन्ने कुरा पनि छुट्याउने उहाँले बताउनुभयो ।

सोही सभालाई विद्यार्थि नेता तुलसीमणी केसीले पनि सम्बोधन गर्दै देशका सबै विद्यार्थि एमसीसीको विरोधमा रहेकोले कसैले पनि लागु गर्न नसक्ने दावी गर्नुभयो ।
सोही प्रकारले माओवादी केन्द्रको पार्टी कार्यालय सहिद स्मृती भवन कोहलपुरबाट सुरु भएको विरोध जुलुसले नगरको परिक्रमा गरि न्युरोड चोकमा आएर सभामा परिणत भएको थियो । विरोध सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता एंव कोहलपुरका अगुवा व्यवासायी बलराम काफ्लेले पैसासंग राष्ट्रियता साट्न नसकिने बताउनुभयो । उहाँले कुनैपनि हालतमा राष्ट्रघाती सम्झोता पारित हुन नदिने प्रष्ट पार्नुभयो ।
माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपाने नेतृत्वमा भएको प्रदर्शन तथा सभालाई बिद्यार्थी नेता राजेन्द्र बिष्ट, वाईसियल नेतृ गिता शाही लगाएतले सम्बोधन गरेका थिए । एमसीसी पास गर्नेहरु बिरुद्ध जस्तो सुकै आन्दोलन गर्न आफुहरु तयार रहेको उनिहरुको भनाई थियो ।
राष्टघाती एमसीसी खारेज नगरेसम्म आन्दोलन निरन्तर जारी रहने नेपालगञ्ज र कोहलपुरका विरोधसभाहरुमा जनाईएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *