७ बैशाख २०८१, शुक्रबार

एमसीसी विरुद्धको बन्दले नेपालगञ्जमा यातायात र विद्यालय बन्द, प्रहरीद्धारा धरपकड जारी

एमसीसी विरुद्धको बन्दले नेपालगञ्जमा यातायात र विद्यालय बन्द, प्रहरीद्धारा धरपकड जारी

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ४ । एमसिसीको बिरोधमा बुधवार पाँच दलद्धारा गरिएको नेपाल बन्दको प्रभाव बाँकेमा पनि देखिएको छ । बन्दका कारण नेपालगञ्ज लगायत बाँकेमा यातायात सबैभन्दा बढी प्रभावित भएको छ भने विद्यालयहरु पनि बन्द भएका छन् । केही ठाउँमा बजार र पसल पनि बन्दकर्ताले बन्द गराएका छन् ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले एमसीसीको विरोधमा बुधवार नेपाल बन्दको आहवान गरेका छ ।
नेपालगन्जमा बिहानैदेखि लामो तथा छोटो दुरीका कुनैपनि गाडी गुडेका छैनन भने बिद्यालय पनि ठप्प रहेका छन । बजार सामान्य खुलेको छ भने रिक्सा, मोटरसाइकल तथा निजी कारजीपहरु छिटफुट रुपमा गुडेको देखिन्छ । फोहोर फाल्ने गाडी, एम्बुलेन्स, दूध बोक्ने गाडी लगायतका अत्यावश्यक सामान ढुवानी गर्ने सवारी साधन भने संचालनमा रहेका छन ।

नेपालगन्जको चोक चोकमा सशस्त्र र नेपाल प्रहरीको बाक्लो उपस्थिति रहेको छ । प्रहरीले विहानै केही बन्दकर्तालाई गणेशमान चोक लगायतका क्षेत्रबाट पक्राउ गरेको छ । अहिलेसम्म जिल्ला भित्र कुनै अप्रीय घटना नभएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधूसुदन न्यौपानेले बताउनुभयो । तर, पुर्वपश्चिम राजमार्गको बैजनाथमा कृषिको एउटा गाडीमा भने विहानै बन्दकर्ताले तोडफोड गरेका छन् ।
एकाबिहानै जबर्जस्ति बन्द गराउदै हिडेको र सडकमा टायर बाल्न खोज्दै गरेको भन्दै नेपालगन्जको गणेशमान चोक नजिकबाट नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रिय सदस्य सलमान राई, जिल्ला अध्यक्ष अजित प्रसाद भगत सिंह र बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता वसन्त खत्रीलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधूसुदन न्यौपानेले जनाउनुभयो ।
प्रहरीले जिल्लाका विभिन्न संवेदनशिल क्षेत्रमा निरन्तर गस्ती र निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *