८ बैशाख २०८१, शनिबार

एमसीसी विरुद्धको बन्द सकियो, विद्यालय र यातायात प्रभावित, पाँचजना पक्राउ

एमसीसी विरुद्धको बन्द सकियो, विद्यालय र यातायात प्रभावित, पाँचजना पक्राउ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १६ फागुन । एमसीसीको विरुद्धमा विभिन्न ८ दलले गरेको सोमवारको नेपाल बन्द सकिएको छ । सो बन्दका कारण बाँकेको यातायात, शैक्षिक संस्था, उद्योग, व्यवसाय लगायतको क्षेत्र प्रभावित भएको थियो । एमसीसीको विरोध गर्दै बाँकेमा बन्द गर्दै हिँडेका पाँचजना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार बाँकेमा सोमबार बन्द गराउँदै हिँडेका ५ जनालाई नियन्त्रणमा लिइएको हो । संसदबाट एमसिसी पारित भएको विरोधमा विभिन्न साना ८ दलले नेपाल बन्दको आब्हान गरेका थिए । नेत्रविक्रम चन्द, मोहन वैद्य, सिपी गजुरेल, चित्रबहादुर केसी, मोहनविक्रम सिंह, ऋषि कट्टेल, आहुती, कर्णजीत बुढाथोकी नेतृत्वको पार्टीले नेपाल बन्द आह्वान गरेका थिए ।
प्रहरीका अनुसार बन्दको बाँकेका बजारमा खासै प्रभाव परेको थिएन । पूर्वपश्चिम महेन्द्र राजमार्गमा बन्दको आंशिक प्रभाव परेता पनि नेपालगन्जमा भने पसल व्यवसाय पुर्ण रुपमा सञ्चालनमा थिए ।
नेपालगन्जका अधिकांश विद्यालय भने बन्द रहेका थिए भने छोटो र लामो दूरीका बस तथा अन्य गाडी चलेका थिएनन् । सरकारी कार्यालयहरुमा सेवाग्राहीको उपस्थिती सामान्यरुपमा घटेपनि बन्दको खासै प्रभाव परेको थिएन । मोटरसाइकल र ई रिक्सा निर्वाद्ध रुपमा चलेका थिए ।
बन्दका समयमा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न क्षेत्रमा ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाइएको थियो । बन्दका क्रममा जिल्लामा कुनै पनि अप्रिय घट्ना नभएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *