१३ बैशाख २०८१, बिहीबार

एमाले बाँकेका उपसचिव धिताल एकिकृत समाजवादीमा प्रवेश

एमाले बाँकेका उपसचिव धिताल एकिकृत समाजवादीमा प्रवेश

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी एमाले बाँकेका उप(सचिवको जिम्मेवारीमा रहेका प्रमोद धिताल एकीकृत समाजबादीमा प्रवेश गरेका छन् ।
बिहिवार बाँकेको कोहलपुरमा नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाल सहभागी एक कार्यक्रमका बिच नेता धिताल नेकपा एकीकृत समाजबादीमा प्रवेश गरेका हुन् ।
नेता धिताललाई नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गरेका थिए । धिताल लामो समयसम्म एमालेमा हुँदा नेपाल समुहमा रहदै आए पनि पार्टी बिभाजन पछि भने एमालेमै रहेका थिए ।
तर पछिल्लो समय नेकपा एमालेको नेतृत्व केपी शर्मा वलीले पार्टीलाई विधी र विधान विपरीत चलाउन खोजेको र एमालेलाई दक्षिणपन्थी अवसरवादको भासमा डुवाउदै लगेको, माक्सवाद लेलीनवादका मुलभुत सिद्धान्त परित्याग गरेको र पार्टी पार्टी नभई व्यक्तिवादी चिन्तनले ग्रसित भएकोले एमाले पार्टी परित्याग गरि एकीकृत समाजबादीमा प्रवेश गरेका बताएका छन् ।
साथै नेता धितालले नेकपा  एमाले पार्टी भित्र रहनुभएका सम्पुर्ण नेता कार्यकर्ताहरुलाई पनि समाजको अग्रगतिका निम्ती त्यस पार्टीमा विद्रोह गरी नेकपा एस मा आवद्ध हुन आह्वान पनि गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *