८ बैशाख २०८१, शनिबार

एमाले बाँकेको अध्यक्षमा कक्षपतिको किस्मत खुल्यो, उपाध्यक्षमा बिसी र सचिवमा खत्री

एमाले बाँकेको अध्यक्षमा कक्षपतिको किस्मत खुल्यो, उपाध्यक्षमा बिसी र सचिवमा खत्री

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २५ । दुई दिनको अथक प्रयासपछि एमाले बाँकेको अध्यक्ष पदमा किस्मत कुमार कक्षपति निर्विरोध निर्वाचित हुनुभएको छ। अध्यक्ष मण्डलले प्रस्ताव गरेका अक्षपति विरुद्ध उम्मेदवारी दिएका निरक गुरुंगले उम्मेदवारी फिर्ता लिएसँगै कक्षपति निर्विरोध निर्वाचित हुनुभएको हो । यसअघि आइतवार मध्यान्ह अध्यक्ष पदमा उम्मेदवारी दिनु भएका अशोक कर्माचार्यले उम्मेदवारी फिर्ता लिनु भएको थियो ।
‘निरक जीले उम्मेदवारी फिर्ता लिनु भयो, त्यसपछि बल्ल कक्षपति अध्यक्षमा निर्विरोध अध्यक्ष बन्नु भयो ।’ निर्वाचन समितिका सदस्य भेषराज बस्नेतले भन्नुभयो । शनिबार देखिनै सर्वसम्मत अध्यक्ष भन्दै समाजिक सञ्जालमा बधाई आएपनि कक्षपति आइतवार साँझ ४ः३० बजे मात्र सर्बसम्मत अध्यक्ष बन्नु भएको हो ।
उपाध्यक्षमा यसअघि नै डिल्ली बीसी निर्विरोध निर्वाचित भैसक्नु भएको छ भने सचिवमा रत्न खत्री पनि सर्वसम्मत निर्वाचित हुनु भएको छ । अध्यक्ष मण्डलको प्रूतावमा परेका रत्न खत्रीका बिरुद्ध सचिव पदमा बलराम भट्टराईले उम्मेदवारी दिनु भएको थियो । सहसचिवमा महिला तर्फ भुमिश्वरा धिताल निर्बिरोध नर्विाचित हुनु भएको थियो भने दिपक वर्मा पनि सहसचिवमा सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *