४ बैशाख २०८१, मंगलवार

एम्बुलेन्स खरिदका लागि खेलिएको देउसीभैलोबाट साढे सात लाख रुपियाँ संकलन

एम्बुलेन्स खरिदका लागि खेलिएको देउसीभैलोबाट साढे  सात लाख रुपियाँ संकलन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २१ कात्तिक । कोहलपुर नगरपालिका वडा नं १४ मा रहेका युवाले समाज सेवा संस्था नेपाल मार्फत एम्बुलेन्स खरिदका लागि खेलेको देउसी र भैलोबाट हालसम्म साढे सात लाख रुपियाँ संकलन भएको छ ।
समाज सेवा संस्था नेपालले आफनो नेपाली संस्कृति जर्गेणा गर्दै एम्बुलेन्सको लागि यस पटक देउसी भैलो खेलेको छ । एम्बुुलेन्स खरिदका लागि खेलेको भैलो टिमले तीन दिनमै ७ लाख ५४ हजार ८९५ रुपियाँ संकलन गरिसकेको छ । विभिन्न व्यवसायीक तथा औद्योगिक प्रतिष्ठानहरुले त्यसका लागि ठुलो सहयोग गर्नु भएको संस्थाले जनाएको छ ।
देउसी भैलो खेलेर पिकनिक मनाउने तथा अन्य रमाइलो काममा खर्च गर्ने परम्परालाई तोडेर सो संस्थाले मानवीय सेवाका लागि देउसी भैलो खेलेको जनाईएको छ ।
संस्थाको पाचौ अधिवेशनमा घाटिको क्यान्सर पीडित मोतिलाल परियारलाई सो संस्थाले ६० हजार बढी आर्थिक सहयोग हस्तान्तरण पनि गरि सकेको छ । त्यसै गरि विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने कार्य गरिएको संस्थाले बताएको छ । संस्थाले बाँके जिल्लामा सचेतनामुलक कार्यक्रम सन्चालन गर्दै आईरहेको संस्थाका अध्यक्ष बिनोद थापाको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *