१५ चैत्र २०८०, बिहीबार

कतार च्यारिटी र समाज कल्याण परिषद विच पाँचबर्षे साधारण सम्झौता सम्पन्न

कतार च्यारिटी र समाज कल्याण परिषद विच पाँचबर्षे साधारण सम्झौता सम्पन्न

समाचारदाता
नेपालगञ्ज, मङ्सिर २० । समाज कल्याण परिषद र कतार च्यारेटीविच पाँच वर्षका लागि साधारण सम्झौता सम्पन्न भएको छ ।
कतार च्यारिटीका अन्तराष्ट्रिय सहयोग तथा साझेदारी विशेषज्ञ मोहम्मद तैमुर साकिबको उपस्थितीमा कतार च्यारिटीले समाज कल्याण परिषदसँग सो साधारण सम्झौतामा हस्ताक्षर गरेको हो ।
सन् २०१६ मा साधारण सम्झौता गरि परियोजना सम्झौतामार्फत पाँचबर्षे कार्यक्रमहरु सम्पन्न गरि आगामी पाँच बर्षका लागि यो सम्झौता गरिएको कतार च्यारेटी नेपालका कार्यक्रम प्रबन्धक ईर्शाद अलि शेषले बताउनुभयो ।
उहाँका अनुसार पाँचबर्षे परियोजना नेपाल एकिकृत विकास कार्यक्रम अन्तर्गतका कार्यक्रमहरु सम्पन्नगरि नेपालको सामाजिक मुल्य मान्यता र आपसी सद्धभावलाई सुदृढ पार्दै विपन्न परिवार तथा आर्थिक, सामाजिक र शैक्षिक रुपले पिछडिएको समुदायको गुणस्तरिय जिवनकालागि थप कार्यक्रमहरु ल्याउन यो सम्झौता गरिएको छ ।

जिवनलाई जिवन्त बनाउने लक्ष्यका साथ गुणस्तरिय शिक्षा, स्थायी जिविकोपार्जन, सामाजिक सुरक्षा तथा खाद्य सुनिश्चितता, खानेपानी, सरसफाई तथा स्वास्थ्य र मानविय सहायता जस्ता क्षेत्रहरुमा कामगर्दै आइरहेको कतार च्यारेटी नेपाल एकिकृत विकास कार्यक्रम नामक परियोजना मार्फत पच्चिस लाख बढि प्रत्यक्ष लाभान्वित बर्गमा पुग्न सफलभएको पनि जनाईएको छ ।
दिगो विकासका लक्ष्यहरुलाई पछ्याउँदै समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक तुल्याउन संकटग्रस्त समुदायको क्षमता अभिबृद्धि गर्दै सामाजिक र आर्थिक रुपमा सबल र गौरवान्वित जिवनयापनको बाटो निर्माण गर्नु नै यस संस्थाको मुख्य उद्देश्य रहेको र यसै बमोजिम आगामी पारियोजनाहरु पनि सञ्चालन हुने कतार च्यारेटी नेपालले जनाएको छ ।
समुदायको वास्तविक आवश्यकतालाई सम्बोधन गर्न हाल नेपालमा सुनसरी, सर्लाही, रौतहट, काठमाण्डौ, रुपन्देही, कपिलवस्तु र बाँके गरि ७ वटा जिल्लाहरुमा कतार च्यारेटी क्रियाशिल रहेको प्रबन्धक शेषले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *