९ चैत्र २०७९, बिहीबार

कम्दीस्थित कम्मर शाहको उर्स मेला शुरु, पुर्व मन्त्री राईद्धारा उदघाटन

कम्दीस्थित कम्मर शाहको उर्स मेला शुरु, पुर्व मन्त्री राईद्धारा उदघाटन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ८ पुस । बर्षौं देखि बांकेको डुडुवा गांउपालिका कम्दीमा लाग्दै आएको हजरत बाबा कम्मर शाहको उर्स मेला विहिबार देखि शुरु भएको छ।
तीन दिनसम्म चल्ने सो मेलाको विहिबार एक औपचारिक समारोहका विच पुर्व शहरी बिकास मन्त्री मोहम्मद इश्तियाक राईले उदघाटन गर्नु भयो । सो अवसरमा बोल्दै उहाँले कम्मर शाह बाबाको मजार हिन्दु मुस्लिम एकताको प्रतिकको रुपमा समेत रहेको जनाउँदै यस्ता सुफी सन्तकै कारण सामाजिक सदभाव र धार्मिक एकता कायम रहेको बताउनुभयो ।


सो क्षेत्रको विकासका लागि आफुले विगतमा पनि धेरै कार्य गरेको स्मरण गर्दै पुर्व मन्त्री राईले आगामी दिनमा पनि निरन्तर प्रयास गर्ने बताउनुभयो । डुडुवा गाउँपालिकाको विकास गर्न खोज्दा पालिकाले सहयोग नगरेको पनि उहाँले सो अवसरमा गुनासो गर्नुभयो ।
सो अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल वैश्य लगायत विभिन्न धर्म सम्प्रदायका अगुवाहरुको सहभागिता रहेको थियो ।
पुस ११ गतेसम्म लाग्ने सो उर्स मेलामा बाँके, बर्दिया लगायत नेपाल र भारतका हिन्दु मुस्लिम समुदायका हजारौं श्रद्धालुहरु सहभागि हुने गरेका छन् । हुलाकी सडकको निर्माणपछि नेपालगञ्जबाट कम्मर शाहको मजारमा जानेहरुको संख्या धेरै बढेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *