७ बैशाख २०८१, शुक्रबार

कर्मचारीहरुलाई कोरोना भएपछि नरैनापुर गाउँपालिका पाँच दिनका लागि बन्द गरियो

कर्मचारीहरुलाई कोरोना भएपछि नरैनापुर गाउँपालिका पाँच दिनका लागि बन्द गरियो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ ३ । नरैनापुर गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पाँच दिनका लागि सबै सेवा बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरुमा आइतबार कोरोना पुष्टि भएपछि कार्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
संक्रमित भएका सबै कर्मचारीहरु होम आइसोलेसनमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताउनुभयो । अधिकृत बस्नेतले कम्तीमा चार दिन संक्रमित कर्मचारीहरुको अवस्था हेर्ने र सामान्य अवस्था भएपछि सीमित सेवा सुरु गर्ने तयारीमा रहेको बताउनु भयो ।
मंगलबारदेखि ८ गते सम्म पालिका बन्द गरेर सेनिटाइज गर्ने तयारी भइरहेको उहाँको भनाइ थियो । नरैनापुर गाउँपालिकाको प्रशासनिक काम बन्द भए पनि स्वास्थ्य शाखाबाट सेवा प्रवाह नियमित रुपमा हुने गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी गर्नु भएको बिज्ञप्तिमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *