६ बैशाख २०८१, बिहीबार

कर्मचारी संक्रमित हुँदा जिल्ला प्रशासन अनिश्चितकालका लागि बन्द

कर्मचारी संक्रमित हुँदा जिल्ला प्रशासन अनिश्चितकालका लागि बन्द

सिराज खान
नेपालगञ्ज, माघ १० । जिल्ला प्रशासन कार्यालय बाँकेका केही कर्मचारीलाई कोभिड संक्रमण पुष्टि भएको र अधिकांशमा कोभिडका लक्षण देखिएकोले सो कार्यालयलाई अनिश्चितकालका लागि बन्द गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले सोमवार अपरान्ह एक सुचना जारी गरेर जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुमा संक्रमण पुष्टि भएको र धेरैलाई लक्षण देखिएकोले अर्को सुचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयलाई बन्द गरिएको जनाउनु भएको छ ।
सुचनामा शान्ति सुरक्षा र अतिआवश्यक मुद्दाका काम जारी रहने जनाउँदै ती कामका लागि आउनेहरुले खोप लगाएको कार्ड लिएर आउन तथा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नु पर्ने पनि उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा अत्याधिक भिडभाड हुने गरेकोमा कार्यालयलाई जारी राखेमा यसै कार्यालयबाट सर्वसाधारणमा संक्रमण फैलिने सम्भावना रहेकोले कार्यालयलाई बन्द गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।
पछिल्लो समयमा आएर धेरै जनामा संक्रमण देखिन थालेको र सक्रिय संक्रमित मात्रै जिल्लामा सात सय भन्दा बढी रहेकोले बाँकेलाई रेड जोन जिल्ला घोषित गरिएको छ ।
यसअघि नरैनापुर गाउँपालिकाका अधिकांश कर्मचारी र जनप्रतिनिधिमा संक्रमण देखिएपछि गाउँपालिकालाई बन्द गरिएको छ भने कोहलपुर नगरपालिकामा पनि धेरैलाई संक्रमण देखिएपछि सो कार्यालयका अधिकांश सेवाहरु पनि बन्द गरिएका छन् । राप्तीसोनारीमा पनि केही कर्मचारी संक्रमित देखिएका छन् ।
नेपालगञ्ज, कोहलपुर र जमुनाहा नाकामा दिनदिनै संक्रमित ठुलो संख्यामा भेटिने क्रम निरन्तर जारी रहेको छ । ( गोरखापत्र अनलाइनबाट साभार)

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *