७ बैशाख २०८१, शुक्रबार

कसैले ध्यान नदिंदा दुर्गन्धित बनेको बसपार्कको प्रहरीद्धारा सरसफाई शुरु

कसैले ध्यान नदिंदा दुर्गन्धित बनेको बसपार्कको प्रहरीद्धारा सरसफाई शुरु

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १७ । सरसफाईमा सम्बन्धित निकायले ध्यान नदिंदा दुर्गन्धित बन्दै गएको नेपालगन्ज बसपार्कमा सोमबारदेखि अस्थायी प्रहरी पोष्ट बसपार्कको नेतृत्वमा सरसफाई अभियान शुरु गरिएको छ । कसैले ध्यान नदिंदा बसपार्क दुर्गन्धित र फोहर बन्दै जान थालेपछि सरसफाई अभियान सुरु गरिएको अस्थायी प्रहरी पोष्टका इन्चार्ज एवं प्रहरी सहायक निरिक्षक फत्तेबहादुर हमालले जानकारी दिनु भएको छ ।
गत सातामात्रै इन्चार्जको जिम्मेवारीसहित अस्थायी प्रहरी पोष्ट बसपार्क आउनु भएका प्रहरी सहायक निरिक्षक हमालका अनुसार बसपार्कमा यातायात व्यवसायी, होटल तथा अन्य किराना व्यवसायीका साथै यात्रुहरुले समेत सरसफाइमा ध्यान ध्यान नदिएकाले दुर्गन्ध बढेपछि सरसफाइ अभियान थालिएको हो ।
‘हामीले बसपार्कलाई सुन्दर र स्वच्छ बनाउनुपर्छ भनेर पहिलो चरणमा सरसफाइ अभियान सुरु गरेका छौं,’ प्रहरी सहायक निरिक्षक हमालले भन्नुभयो, ‘हामी बसपार्कलाई सुन्दर, सुरक्षित, व्यवस्थित बनाउनका लागि निरन्तर खटिनेछौं । यसमा यातायात व्यवसायी, कर्मचारी, होटल तथा किराना व्यवसायीका साथै यात्रुहरुको पनि सहयोग हुनेछ ।’
यातायात र होटल व्यवसायीहरुसँग बसपार्क व्यवस्थापन समितिले विभिन्न नाममा शुल्क असुल्दै आए पनि बसपार्कको व्यवस्थापन तथा सरसफाईमा नियमन गर्न नसक्दा जताजतै फोहर भएर दुर्गन्ध फैलिन थालेको छ । नेपाल प्रहरीको नेतृत्वमा थालिएको सरसफाई अभियानको पहिलो दिनको कार्यक्रममा थोरै संख्यामा यातायात व्यवसायीहरु सहभागी रहेका थिए ।
भित्ताभरि पान, गुट्खा लगायतका सुर्तीजन्य पदार्थ खाएर थुकिएको, बसपार्क परिसरमा जताततै सुर्तीजन्य पदार्थका खोस्टा फालिएका थिए भने टर्मिनल भवनका झ्याल तथा सिलिङ्गमा माकुरोले जालो लगाएको थियो । बसपार्क समितिको चरम लाहपर्वाही र गैरजिम्मेवारीपनाका कारण नेपालगन्ज बसपार्क दुर्गन्धित बनेको स्थानीयले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *