७ बैशाख २०८१, शुक्रबार

काँग्रेस बाँकेको निर्वाचन – क्षेत्र नम्बर २ मा मतदान शुरु, क्षेत्र नम्बर १ मा मतगणना शुरु

काँग्रेस बाँकेको निर्वाचन – क्षेत्र नम्बर २ मा मतदान शुरु, क्षेत्र नम्बर १ मा मतगणना शुरु

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज मंसिर १० । नेपाली कांग्रेस बाँकेको निर्वाचनको क्रममा विहिबार हुननसकेको क्षेत्र नम्बर १ र २ को मतगणना तथा मतदान शुक्रवार विहान शुरु भएको छ । मतदान सम्बन्धि विवाद हुँदा क्षेत्र नम्बर २ को मतदान हुन सकेको थिएन भने राती परेकोले क्षेत्र नम्बर १ को मतगणना हुन सकेको थिएन ।
क्षेत्र नम्बर २ को नयाँ नेतृत्व चुन्न मतदान विहिबार विहान केही बेर अघि सुरु भएको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार विहान ९ बजेदेखि मतदान सुरु भएको हो । दिउँसो ३ बजेसम्म मतदान चल्नेछ । विरेन्द्र शाह र रमेश गुप्ता नेतृत्वका दुई प्यानल चुनावी प्रतिष्पर्धामा रहेका छन् । यो क्षेत्रमा ४ सय ४८ मतदाता रहेका छन् ।
यसैगरि विहिबार शुरु हुननसकेको निर्वाचन क्षेत्र नम्बर १ को मतगणना पनि शुक्रवार विहान सुरु भएको निर्वाचन समिमतिले जनाएको छ ।
शुक्रवार विहान पौने ११ बजेदेखि मतगणना सुरु भएको मतदान अधिकृत अधिवक्ता मेहरसिंह खत्रीले बताउनुभयो । क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चुन्न विहबार भएको मतदानमा ६०१ मत खसेको थियो। ६०५ जना मतदाता मध्ये ४ जना अनुपस्थित रहेका थिए ।
क्षेत्र नम्बर १ मा पोषण केसी र माधवराम खत्री नेतृत्वका दुई प्यानल चुनावी प्रतिष्पर्धामा रहेका छन् । दुबैविच कडा प्रतिष्पर्धा रहेको  स्थानीय काँग्रेस कार्यकर्ताले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *