३१ जेष्ठ २०८१, बिहीबार

किशोरीकालागि महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

किशोरीकालागि महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

समाचारदाता
नेपालगन्ज, जेठ १६ । १० औं महिनावारी स्वच्छता दिवसको अवसरमा महिनावारी मैत्री विश्वब्यापी हातेमालो भन्ने मुल नाराका साथ बर्दियामा किशोरीहरुकालागि महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
गुलरिया नगरपालिका भित्रका किशोरी क्लवका किशोरीहरुकालागि महिनावारी स्वच्छता सम्बन्धी एक दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लवद्धारा सञ्चालित बालिका सशक्त परियोजना अन्तर्गत गुलरिया नगरपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा किशोरीहरुलाई मर्यादित महिनावारीको अभियान संचालनकालागि सो कार्यक्रम संचालन गरिएको परियोजनाका संयोजक गोबिन्द प्रसाद लामिछानेले बताउनु भयो ।
उहाँले महिनावारीको विषयमा समुदायमा विद्यमान रहेको नकारात्मक धाराणाहरुलाई चिर्दै सकारात्मक सोचको विकास गर्न कार्यक्रम सञ्चालन गरिएको जनाउँदै यसबाट विभिन्न नकारात्मक धारणा, सोच, व्यवहार र जीवनशैलीलाई परिवर्तन गर्न किशोरीहरुको माध्यमद्धारा समुदायमा सचेतना फैलाउनु रहेको बताउनुभयो ।
कार्यक्रमको सहजीकरण बर्दिया जिल्ला अस्पतालका डा. सुनिता भण्डारीले गर्नु भएको थियो भने कार्यक्रममा ४० जना किशोरीहरुको सहभागीता रहेको थियो ।
डा. भण्डारीले महिनावारीको आवश्यकता, महिनावारी चक्र, महिनावारीको बेलामा प्रयोग गरीने प्याड तथा ट्युव प्रयोग गर्ने तरिका, महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरु, पेट दुखाइ तथा कालो डल्लो रगत बग्ने समस्याको व्यवस्थापन र औषधि सेवको प्रकृया, पोषण तथा सरसफाइ र स्वच्छताको व्यवस्थापन एवम् महिनावारी सम्बन्धी नकारात्मक भ्रम र अन्ध विश्वास लगायतका महिनावारी सम्बन्धी विविध विषयमा किशोरीहरुलाई अभिमुखीकरण गर्नुभयो ।


सो अवसरमा किशोरीहरुलाई महिनावारी सम्बन्धमा उनिहरुले भोगेका समस्याहरु प्रति स्वास्थ्य परामर्श समेत उपलब्ध गराइएको थियो ।
गुलरिया नगरपालिकाका नगर उपप्रमुख साबित्रा गौतमको अध्यक्षता र महिला तथा बालबालिका शाखा प्रमुख शिला साहको उपस्थिीतीमा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख गौतमले आफ्ना अनुभवहरु सुनाउँदै समुदायमा घटेका थुप्रै घटनाहरुको उदाहरण सहित महिनावारी भएको वेला स्वास्थ्य, सरसफाई र खानपिनमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।
उहाँले किशोरी क्लवका प्रतिनिधिहरु मार्फत गाँउ गाँउमा सो बारेमा सचेतना जगाउन पालिकाले समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
‘सशक्त बालिका परियोजना’ मार्फत बर्दियाको गुलरिया नगरपालिका, मधुवन नगरपालिका, तथा बढैयाताल गाँउपालिकामा विगत लामो समयदेखि गुणात्मक शिक्षाको विकास, स्वास्थ्य, सरसफाई, बालविकास, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, पोषण एवम खानेपानी, सरसफाइ तथा स्वच्छतालगायतका क्षेत्रमा काम गरिंदै आएको छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078


सोही परियोजना अन्तर्गत महिनावारीको वातावरण र सोच र धारणामा परिवर्तन गर्नकालागि समुदायमा बुबा समुह, धार्मिक अगुवा, पुरोहित, वर्डघर, मिडियाकर्मी लगायतलाई नियमित रुपमा अभिमुखिकरण गर्दै आएको जानकारी परियोजनाका कार्यक्रम अधिकृत ईश्वर बिकले दिनुभयो ।
कार्यक्रममा परियोजनाका फिल्ड सुपरभाईजर नग्मा मनिहार र भगवती विकको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *