११ बैशाख २०८१, मंगलवार

कुनैपनि खोप नलगाएका १७७ बालबालिका लगायत छुटेकालाई आज खोप लगाईंदै

कुनैपनि खोप नलगाएका १७७ बालबालिका लगायत छुटेकालाई आज खोप लगाईंदै

सिराज खान
नेपालगञ्ज, बैशाख ३१ । पश्चिम नेपालकै तीन वटा प्रदेशको सबैभन्दा बढी सेवा र सुविधासम्पन्न सहरका रुपमा परिचित नेपालगञ्जमै कुनैपनि खोप नलगाएका १७७ जना बालबालिका भेटिएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ केही समय अघि शुरु गरेको खोप नलगाएका बालबालिकाको खोजी गरेर खोप लगाउने अभियान अन्तर्गत १७७ जना कुनैपनि खोप नलगाएका बालबालिका भेटिएका हुन् ।
स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्जमा १७७ जना कुनै खोप नलगाएका बालबालिका भेटिएका छन् भने ६९२ जना बालबालिकाले विचैमा खोप लगाउन छोडेर खोपहरुको मात्रा पुरा नगरेको पाईएको छ ।
उहाँले हरेक दृष्टिकोणले सबै सेवा सुविधा लगायत शिक्षित समुदायको बसोबास रहेको सहरमा समेत यति धेरै बालबालिकाले कुनै पनि खोप नलगाउनु र करिब ७०० जनाले विचमै खोप लगाउन छोड्नु निकै चिन्ताजनक विषय भएको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले निकै मिहिनेतका साथ घरघरमा स्वास्थ्यकर्मीलाई पठाएर सर्वेक्षण गरि खोप नलगाएका र विचमै छोडेकाको खोजी गरेको जनाउँदै ती सबैलाई आइतवार खोप लगाइने बताउनुभयो ।
उहाँले त्यसैका लागि आइतवार ठुलो अभियाननै सञ्चालन गरिएकोले उपमहानगरमा छुटेका सबै बालबालिकालाई खोप लगाइने बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका निमित्त प्रमुख कमरुद्दिन राईले खोप लगाउन छुटेका बालबालिकाबाट बेलाबेलामा महामारी देखा पर्ने गरेको जनाउँदै कोही पनि नछुट्ने गरि खोप लगाइने बताउनुभयो ।
उहाँले अझैपनि अरु बालबालिका छुटेका छन् कि या विचमा छाड्नेहरु छन कि भनेर पनि फेरी खोज तलाश गरिने बताउनुभयो ।
बालबालिकालाई विभिन्न रोगबाट जोगाउन नेपाल सरकारले दादुरा रुबेला, वीसीजी, जेई, टाइफाइड, पीसीभी, पोलियो, टिडी, डिपिटी हेब्बी हिवलगायतका खोप दिने गर्दछ । जन्मदेखि १५ महिनाभित्र यी खोपहरु लगाइन्छन् ।
स्वास्थ्य महाशाखाका अनुसार नेपालगञ्जमा हरेक महिनाको ६ देखि ११ गते सम्ममा खोप दिने गरिन्छ । यो अभियानमा बालबालिकालाई १३ वटा रोगविरुद्ध नौ प्रकारका खोप लगाइन्छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *