७ बैशाख २०८१, शुक्रबार

के सोचे जत्तिकै सहज छ त इ रिक्साको ब्यवस्थापन तथा नियमन ?

के सोचे जत्तिकै सहज छ त इ रिक्साको ब्यवस्थापन तथा नियमन ?

नेपालगञ्ज पाटी समाचार
नेपालगञ्ज, १२ कात्तिक । नेपालगञ्जमा हजारौंको संख्यामा रहेका इ रिक्साको ब्यवस्थापन तथा नियमनका लागि सम्बन्धित निकायले चासो र सक्रियता बढाएको छ । तर, के सजिलो छ त इ रिक्साको ब्यवस्थापन तथा नियमन ? कतिपयले यसलाई सहज नभएको टिप्पणी गरिरहेका छन् । नेपालगञ्जमा रहेका इ रिक्साको ब्यवस्थापन तथा नियमन अतिनै जटिल कार्य भएको अधिकांशको बुझाई छ ।
तरपनि नेपालगञ्ज उपमहमानगरपालिको इ रिक्सा सम्बन्धी कार्यबिधि २०७८ बमोजिम व्यवस्थापनका लागि गठन गरिएको समितिले नगर भित्र संचालनमा रहेका इ रिक्सा के कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बिषमा छलफल र सुझाव संकलन गरिरहेको छ । ्
नेपालगञ्ज उपमहमानगरपालिकाका उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा गठित सो समितिले उक्त चुनौतीपुर्ण कार्यलाई पुरा गर्ने लक्ष्यका साथ काम शुरु गरेको उपप्रमुख थापा मगरले बताउनुभयो ।


सो सम्बन्धमा इ—रिक्सा दर्ता, परिचय पत्र बितरण, अभिमूखिकरण र प्रयोगात्मक परिक्षा बिषयमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने बिषयमा कार्य गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि, नगर प्रहरी निरिक्षक तथा राजश्व शाखा प्रमुख सम्मिलित एक टोलीलाई कार्य योजना पेश गर्न जिम्मेवारी दिईएको उहाँले बताउनुभयो ।
पहिलो चरणमा इ रिक्साको दर्ता र उनीहरुलाई परिचयपत्र दिने कार्यक्रम गरि ब्यवस्थापनको थालनी गर्न लागीएको जनाईएको छ।
जिल्ला ट्राफिक कार्यालय बाँकेमा प्रहरी निरिक्षक ऐन बहादुर मल्ल सरुवा भएर आएलगत्तै उहाँकै पहलमा ट्राफिक व्यवस्थापनका लागि इ रिक्साको ब्यवस्थापन तथा नियमन गर्न थालिएको हो ।
प्रहरी निरिक्षक मल्लले ट्राफिक व्यवस्थापनका लागि इ रिक्साको ब्यवस्थापन तथा नियमन अपरिहार्य भएको बताउनुभयो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078


उहाँका अनुसार इ रिक्सा सम्बद्ध समिति समेत इ रिक्सा व्यवस्थापन तथा नियमन समितिको सदस्य रहेकोले उनीहरुसँग पनि छलफल गरिनेछ । इ रिक्साका प्रतिनिधि सहभागी गराउँदा उनीहरुको चासो पनि सम्बोधन गर्न सकिने र प्रभावकारी कार्यान्वयन हुने विश्वास प्रहरीको छ । उपमहानगरपालिका, ट्राफिक कार्यालय र इ रिक्सा समितिले मिलेर कार्यविधि तयार गरिरहेको छ ।
इ—रिक्सा ब्यवस्थापन तथा नियमन समितिका संयोजक नगर उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा बसेको बैठकमा समितिका सदस्यहरु यातायात ब्यवस्था कार्यालय नेपालगञ्जका प्रमुख पुरुषोत्तम पौडेल, जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरिक्षक मल्ल, उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतम र नगरपालिकाका राजश्व शाखा प्रमुख बीर बहादुर थापा लगायतको सहभागिता रहेको थियो ।
जिल्ला ट्राफिक कार्यालय बाँकेले नेपालगञ्जमा इ रिक्साका लागि रुट समेत व्यवस्थापन गर्ने जनाएको छ । ‘रुट व्यवस्थापन गर्ने हो भने बजार क्षेत्रमा चाप कम हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *