११ बैशाख २०८१, मंगलवार

कोइराला समुहको पेलानमा परेका युवराज शर्मा बने राष्टियसभाका सांसद

कोइराला समुहको पेलानमा परेका युवराज शर्मा बने राष्टियसभाका सांसद

नेपालगञ्ज, माघ १३ । नेपाली कांग्रेसभित्रको गुटबन्दीमा तत्कालीन सभापति सुशील कोइराला समूहको पेलानमा परेर किनारामा पुगेका बाँकेका पुराना नेता युवराज शर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।
शर्मा तिनै नेता हुन्, जो कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा शेरबहादुर देउवा सभापति हुँदा उपसभापति थिए । यति लामो राजनीतिक इतिहास भएर पनि अन्तरपार्टी संघर्षमा उनी सधैँ बहुमत पक्षको पेलानमा परिरहे । बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको पक्षपाती शर्मा कांग्रेसका त्यागी नेताका रूपमा पश्चिम नेपालमा परिचित छन् ।
नेता शर्मा २०२४ सालदेखि पञ्चायत विरोधी आन्दोलनमा पटक पटक जेल परे । दर्जनौं पटक पक्राउ परे पनि प्रजातन्त्र स्थापनाका लागि लड्दै आएका उनी २०३० सालमा भूमिगतकालमै बाँके कांग्रेसको सचिव भएका थिए । उनी लामो समय शिक्षक पनि रहे । बेतहनी विद्यालय, खजुरा आदर्श मावि र महेन्द्र माविमा पनि उनले अध्यापन गरेका थिए ।
२०४६ सालको जनआन्दोलनमा उनले बाँके जिल्लामा नेतृत्व सम्हालेका थिए । लगत्तै उनी शिक्षण पेसा छाडेर राजनीतिमा पूर्णकालीन रूपमा संलग्न भए । कांग्रेसको जिल्ला सभापति समेत भएर पार्टीको नेतृत्व सम्हाले । तर, अन्तरविरोधका कारण शर्माले राजनीतिक अवसर भने पाउन सकेका थिएनन् ।
निरन्तरको पेलानपछि उनी पार्टीमा निस्क्रियजस्तै भए । तर, अल्पमत पक्ष पार्टीको संस्थापन भएका बेला शर्माले राष्ट्रियसभा सदस्यको अवसर पाएका छन् । यसलाई मैले राजनीतिक योगदानको मूल्यांकनका रूपमा लिएको छु, पार्टीले दिएको जिम्मेवारीलाई मैले इमान्दारिताका साथ निर्वाह गर्नेछु,ु शर्माले भने । ( शिलापत्र अनलाइन डटकमबाट साभार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *