१६ चैत्र २०८०, शुक्रबार

कोरोनाबाट दुई दिनमा कोहलपुरका दुइ जनाको भेरी अस्पतालमा मृत्यु

कोरोनाबाट दुई दिनमा कोहलपुरका दुइ जनाको भेरी अस्पतालमा मृत्यु

नेपालगञ्ज, मङ्सिर ११ गते । पछिल्लो समयमा आएर कोरोना परीक्षण गर्ने र सङ्क्रमित भेटिन सङ्ख्या घट्दै गए पनि मृत्यु हुने क्रम भने जारी नै रहेको छ ।जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार संक्रमण घट्दै गएपछि कोरोना परीक्षण गराउनेहरु पनि निकै कम रहेका छन् । तर, गम्भीर अवस्थामा पुगेपछि मात्रै परीक्षण गराउने र त्यसपछि उपचारमा समस्या हुने गरेकोले मृत्यु हुने क्रम जारी नै रहेको छ ।
सो क्रममा गत दुई दिनमा नेपालगञ्जस्थित भेरी अस्पतालमा बाँके कोहलपुरका दुई जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
भेरी अस्पतालमा उपचारका क्रममा कोहलपुर नगरपालिका–११ का ६४ वर्षीया महिलाको गएराति मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो । त्यसअघि बिहीबार पनि कोहलपुर ५ का ६५ वर्षीय पुरुषको पनि सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
गएराति मृत्यु भएकी महिलालाई कात्तिक २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि २४ गते थप उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएकोमा उहाँको स्वास्थ्यमा सुधार नआउँदा गएराति ११ः५० बजे मृत्यु भएको फोकल पर्सन ओलीले बताउनुभयो ।
यसअघि मङ्सिर ८ गते संक्रमण पुष्टि भएका कोहलपुर ५ का ६५ वर्षीय पुरुषलाई १० गते भेरी अस्पतालमा भर्ना गरिएकोमा बिहीहबार दिउँसो २ बजेर ३० मिनेटमा मृत्यु भएको ओलीले बताउनुभयो । योसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म बाँके जिल्लाका ३४३ स्थानीयले ज्यान गुमाइसकेका छन् भने उपचारका लागि अन्यत्र जिल्लाबाट बाँके आएका ४३३ जनाले ज्यान गुमाउनु परेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । ( गोरखापत्र अनलाइनबाट साभार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *