१२ बैशाख २०८१, बुधबार

कोरोनाले रोकिएको नेपाल भारत मैत्री बस सेवा आइतवारदेखि पुनः शुरु हुने

कोरोनाले रोकिएको नेपाल भारत मैत्री बस सेवा आइतवारदेखि पुनः शुरु हुने

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १३ कात्तिक । कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको नेपाल भारत मैत्री बस सेवा आइतवारबाट पुन सञ्चालनमा आउने भएको छ ।
कोरोनाको कहर कम भएकोले नेपालगञ्जबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनउ र हरिद्धारका लागि नेपाल–भारत यात्रु मैत्री बस सेवा आइतवारदेखि फेरी शुरु गरिने भेरी यातायात प्रालिले जनाएको छ ।
भेरी यातायात प्रालिले नेपाली नम्बरको बस दिल्ली, लखनउ र हरिद्धारका लागि पुनः सञ्चालनमा ल्याउँदै छ ।
भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरिले कोरोनाले गर्दा दुई वर्ष अघि सो बस सेवा बन्द गर्नु परेको जनाउँदै त्यसबाट व्यवसायीलाई ठुलो नोक्सानी भएको तर सरकारले नहेरेको गुनासो गर्नुभयो ।
अहिले कोरोना घट्दै गएर अवस्था सामान्य बन्दै गएपछि फेरी सो बस सेवा शुरु गर्न लागिएको उहाँले बताउनुभयो ।
अध्यक्ष गिरीका अनुसार लखनउका लागि हरेक दिन ८ बजे नेपालगञ्जबाट बस छुट्ने र लखनउबाट नेपालगञ्जका लागि राती ८ बजे छुट्ने छ । यसैगरि दिल्लीका लागि साँझ ५ बजे नेपालगञ्जबाट छुट्ने र दिल्लीबाट नेपालगञ्जका लागि पनि साँझ ५ बजेनै छुट्ने छ ।
यस्तै हरिद्धारका लागि नेपालगञ्जबाट राती ८ बजे बस छुट्ने र हरिद्धारबाट नेपालगञ्जका लागि अपरान्ह ४ बजे बस छुट्ने छ ।
लामो समयदेखि रोकिएको सो बस सेवा फेरी सुचार भएपछि दिल्ली, लखनउ र हरिद्धार जाने नेपालीलाई सहज हुने भएको छ ।
रुपैडिहाबाट हरिद्धार र दिल्ली जाने नेपालीहरु ध्ेरै ठाउँमा ठगिने गरेकोले पनि नेपाल भारत मैत्री बस सेवाबाट ती ठाउँको यात्रा गर्नेलाई सुरक्षित र सहज यात्रा गर्ने अवसर समेत मिल्ने भेरी यातायात प्रालिले जनाएको छ ।
रोकिएको मैत्री बस सेवा शुरु भएपछि दुबै देशविच व्यापार व्यवसाय समेत बढ्ने नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले बताउनुभयो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *