१३ बैशाख २०८१, बिहीबार

कोरोना खोप दर बढाउन खजुरामा महिला स्वयमसेविकालाई परिचालन

कोरोना खोप दर बढाउन खजुरामा महिला स्वयमसेविकालाई परिचालन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १४ । बढ्दै गएको कोरोना नियन्त्रणका लागि उत्प्रेरित गर्ने उदेश्यका साथ बाँके युनेस्को क्लबले खजुराका महिला स्वयंसेविकाहरुलाई अभिमुखिकरण गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित कोभिड १९ रोकथाम तथा पुनस्र्थापना परियोजना अन्तरगत खजुरा गाउँपालिका वडा न.१ र २ का महिला स्वयमसेविकाहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
कोविड –१९ को तेस्रो लहरको रोकथाम तथा खोप लगाउन गाउँघरमा गएर उत्प्रेरित गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँले खजुरा गाउँपालिकाको सबै घरधुरीमा महिला स्वयमसेविकाहरुलाई परिचालन गरि घरदैलो कार्यक्रम गरेर कोरोना नियन्त्रण सम्बन्धि सचेतना फैलाउने तथा खोप लगाउन सबैलाई उत्प्रेरित गर्ने उद्देश्य रहेको बताउनुभयो ।
खजुरा गाउँपालिकामा १८० जना महिला स्वयमसेविकाहरुलाई परिचालन गरि कोविड –१९ को तेस्रो लहरको रोकथाम तथा खोप लगाउन उत्प्रेरित गर्ने, पोस्टर र फ्लायर मार्फत सचेतीकरण गर्ने योजना रहेको छ ।
खजुरा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले अभिमुखिकरणको सहजीकरण गर्दै कोभिड संक्रमण तिव्र गतिमा फैलिरहेकोले स्वास्थ्य मापदण्डको पालना र हरेक नागरिकले आवश्यक सबै खोप लगाउन महिला स्वयंसेविकाको भूमिका अहम हुने बताउनुभयो ।
सोही योजना अन्तर्गत शुक्रवार पहिलो चरणको अभिमुखीकरण कार्यक्रममा २७ जना महिला स्वयमसेविका, स्वास्थ्य चौकीका इन्चार्ज दिपक ढकाल लगायतको उपस्थिति रहेको बाँके युनेस्को क्लबका परियोजना अधिकृत अनुप बर्माले जानकारी दिनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *