७ बैशाख २०८१, शुक्रबार

‘कोहलपुरवासीका लागी आगामी ५ बर्ष स्वर्णिम कार्यकाल हुनेछ’

‘कोहलपुरवासीका लागी आगामी ५ बर्ष स्वर्णिम कार्यकाल हुनेछ’

नरेन्द्र न्यौपाने
माओवादी केन्द्रबाट कोहलपुरका मेयरका उम्मेदवार
कोहलपुर, बाँके चैत ३० । समुन्नत कोहलपुर निर्माणका लागी हाम्रो पहिलो प्राथमिकता शुसासन र पादरर्शी स्थानिय सरकार नै हुनेछ । स्थानिय सरकारले गरेका काम र योजनाहरु बारे जनतालाई जानकारी दिने र त्यस बारे स्थानियबासीको गुनासोलाई सम्बोधन गर्ने कुरालाई हामी प्राथमिकतामा राख्ने छौ हामि कोहलपुरमा लोक कल्याणकारी स्थानिय सरकार बनाउने योजनामा छौ । खास गरि सार्वजनिक सेवा, सार्वजनिक सरोकारका क्षेत्र र आधारभुत बस्तु तथा सेवाको उपभोगमा कोही दबिएको अथवा उत्पीडनमा परेको महसुस गनु पर्ने छैन । निशुल्क शिक्षा, स्वाथ्य मा सबैको पहुच कायम हुनेछ ।
आधारभुत उपभोग्य खाद्य बस्तुमा सबैको पहुच कामय गर्न सहुलियतमा खाद्य बस्तु प्राप्त गर्ने आधार तय गरिने छ । नगर अस्पतालबाटै नागरीकहरुलाई सबै खाले स्वाथ्य सेवा निशुल्क रुपमा लिनका लागि अस्पतालको पुर्वाधार र प्रबिधी बिकास गर्ने तथा अन्यत्र जानै पर्ने अस्वस्था सृजना भए अत्याधुनिक एम्बुलेन्स चिकित्सकिय सेवा निशुल्क बनाउने छौ ।
बिजुली र खानेपानि लागायतका अनिवार्य र आधारभुत बस्तु तथा सेवालाई सबैको पहुच कामय गर्दै सर्बसुलभ बनाईने छ । सार्वजनिक बिद्यालयको शिक्षाको गुणस्तर लाई बृद्धि गर्न सबै प्रयासहरु गरिने छ । भौतिक पुर्वाधार, जनशक्ति बृद्धिमा मुख्य ध्यान केन्द्रीत गरिने छ ।
बिपन्न तथा अनाथ बाल बालिकालाई पठन पाठन गर्न आवासिय बिद्यालयको स्थापन गर्ने सोचमा छौ । संबिधानको मर्म अनुसार दलित तथा भुमिहीन सुकुम्वासीलाई भुमिको मालिक बनाउने नितीलाई कार्यान्वयन गर्न स्थानिय स्तर बाट ठोस कदम चालिने छ ।


साथै कोहलपुको समस्याको रुपमा रहेको अब्यवस्थीत बसोवासीहरुको समस्या समाधान गर्न भुमि सुधार मन्त्रालय र भुमि आयोगको कामलाई प्रभावकारी ढंगले अगाडी बढाईने छ ।
१ बर्ष भित्रमा भुमि समस्या समाधान गरि जग्गा धनि प्रमाण पुर्जा बितरण बितरण गर्ने गरि काम गर्ने छौ । पर्यटन, कृषि तथा पशु पालन, औधोगिक क्षेत्रको बिकास गरि रोजगारका सृजना गर्ने तथा शैक्षिक बेरोजगारहरुको अभिलेख तयार गरि रोजगारी सृजना लगायतका कम गरिने छ ।
कोहलपुरको बिकासकालागि निजी क्षेत्र, सहरकारी र स्थानिय सरकारको समस्यमा फोहर मैला व्यवस्थापन, छाडा पशु, चौपाया ब्यवस्थापन, ठेला व्यवसायीलाई व्यवस्थापन, आटो रिक्सा व्यवस्थापनको काम गर्ने छौ ।
मजदुरहरुका समस्या समाधान श्रम ऐनको, समाजिक सुरक्षा ऐन कार्यान्वयनमा स्थानिय सरकारले समेत आवश्यक समन्वय तथा पहल गर्नेछौ । किसान कल सेन्टरबाट कृर्षि तथा पशुपालन क्षेत्रको समस्या समाधान, निशुल्क टोल फ्रि सेवा मार्फत स्थानिय जनताको जनगुनासो सुन्ने र समाधान गर्ने तथा नगर पालिकाको सम्पुर्ण काम लाई पेपर लेस बनाउने तर्फ काम गर्ने छौ ।
बिधुतीय सेवा प्रयोगमा पे्रात्साहन गर्न, ईन्डक्सन चुल्हो, बिधुतिय सवारी साधन प्रयोगमा प्रोत्साहन गर्ने छौ । बिकासका कामलाई टिकाउ र दिगो बनाउन नितिगत सुधारका काम गर्नेछौ । केन्द्र र प्रदेश सरकारसंगको सहकार्यमा ठुला तथा नमुना बिकासका योजनाहरुलाई अगाडी बढाउने छौ ।
कोहलपुरलाई प्रशासनिक केन्द्रको रुपमा बिकास गर्न थप प्रयासहरु हुनेछन् । समग्रमा आगामी ५ बर्षमा हामी लोक कल्याणकारी, सुसासन र पादरर्शी स्थानिय सरकार निर्माण गर्नेछौ । बिकासका हिसावले समुन्नत कोहलपुर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नेछौ ।
रोजगार सृजना र कृषि क्षेत्रमा ठुलो पड्को मार्ने छौ । कोहलपुर र कोहलपुरवासीका लागी आगामी ५ बर्ष स्वणीम कार्यकाल हुनेछ । राजनिती सेवा हो । रोजगार अथवा पैसा कमाउने र भ्रष्टाचार गरेर अकुत सम्पती आर्जन गर्ने माध्याम बन्नु र बनाईनु हुदैन भन्ने मेरो मान्यता छ र सोही आधारमा म अघिल्लो कार्यकालमा पराजित भएर पनि निरन्तर जनताको सेवामा छु । जनताको सेवा गर्न थप प्टेलफर्म पाएमा एकाकार भएर कोहलपुरको बिकास र पहुचका लागी अगाडी बढने छौ । ( न्यौपानेसंगको कुराकानिमा आधारित)


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *